शनिबार, बैशाख २२, २०८१

छठ पर्वको अवसरमा प्रम प्रचण्ड र काँग्रेस सभापति देउवाको  यस्तो छ शुभकामना

काठमाडौ कात्तिक २१,  छठको पर्वको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै सूर्य उपासनाको छठ पर्वले राष्ट्र निर्माणमा एकजुट भएर लाग्न प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गर्दै सबै धर्म, संस्कृतिका समुदायलाई आफ्नो धर्म संस्कृतिको hhhसंरक्षण गर्न पाउने अधिकार संविधानले प्रत्याभूत गरेको स्मरण गराउँदै संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल निर्माणको मार्गमा अग्रसर भएको वर्तमान सरकारलाई साथ दिन सम्बद्ध सबै पक्षसँग आग्रह गर्नुभएको छ ।

यसैवीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीले अति श्रद्धाका साथ सूर्य भगवान्को आराधना गरेर मनाउने पवित्र पर्व छठका अवसरमा सम्पूर्ण तराईवासी दाजु–भाई तथा दिदी–बहिनीहरुमा सुख, शान्ति, समृद्धि र सफलताका लागि हार्दिक शुभकामना प्रकट गर्नुभएको छ । त्यस्तै छठ पर्वका अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समस्त देशबासी दाजुभाइ दिदीबहिनीमा एकता र आत्मीयताका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।