शनिबार, जेष्ठ ५, २०८१

महासम्मेलनको सहयोगार्थ पूर्वराजा ज्ञानेन्द्रबाट रु १० लाख आर्थिक सहयोग

काठमाडौं आश्विन २६,  हिन्दूहरुको सर्वोच्च संस्था विश्व हिन्दू महासंघको आयोजनामा आगामी कार्तिक ४ गते देखि ६ गतेसम्म राजधानीमा हुन गइरहेको तेस्रो वृहत अन्र्तराष्ट्रिय विश्व हिन्दू महासम्मेलनको सहयोगार्थ पूर्वराजा ज्ञानेन्द्र शाहले रु १० लाख आर्थिक सहयोग उपलब्ध गराउँनु भएको महासंघका अन्र्तराष्ट्रिय च्याप्टरकी  सचिव अस्मिता भण्डारीले जानकारी दिनु भएको छ ।
anup_20161009_18त्यस्तै सचिव भण्डारीले  ॐकार परिवारको उद्गमस्थल भगवान गौतमबुद्धको जन्मस्थल आराध्यदेव पशुपतिनाथ विराजमान भएको पवित्रभूमि त्यस्तै माता जानकीको जन्मस्थको गरिमालाइ कायम राख्ने लक्ष्य सहित धर्ममाथिको नियोजित प्रहार विरुद्ध आवाज बुलन्द गर्दै आएको महासंघको अगुवाइमा सम्पन्न हुन गइरहेको प्रस्तुत महासम्मेलन मार्फत  विभिन्न नितिगत निर्णय सहितको काठमाडौं घोषणा पत्र जारी गर्ने तयारी रहेको जनाउ दिदै मुलुकमा पुन हिन्दू अधिराज्य घोषणा गर्न माग गरिने जानकारी  समेत दिइन् ।

त्यस्तै यसवीचमा प्रत्यक्ष वा परोक्ष ९४ प्रतिशत हिन्दूहरुको मनोभावनाको उपेक्षा धर्ममाथिको वलात हस्तक्षेप सहित षडयन्त्रमय ढङगबाट मुलुकमा लाडिएको धर्म निरपेक्षता प्रति विमति जाहेर गर्दै महासंघले विभिन्न चरणको आन्दोलन समेत गर्दै आएको महासंघले महासम्मेलनमा ॐकार परिवार अन्र्तगत धर्मगुरु शंकराचार्य ओमकार परिवार देश विदेशका धार्मिक संघसंस्थाका प्रतिनिधी तथा साधुसन्त, महन्त ऋषि, महऋर्षि सहित ख्याति प्राप्त धर्मवेत्ता तथा मुलुकका विभिन्न दलका राजनेता लगायत विभिन्न मुलुकका राजदुतको समेत उपस्थितीमा पूर्वराजा ज्ञानेन्द्र शाहवाट विधिवत रुपमा  पशुपति क्षेत्र परिसरमा आयोजना हुँने एक विशेष कार्यक्रमकावीच उद्घाटन गर्ने कार्यक्रम  तय भएको   जानकारी  पनि दिइन् ।