बिहिबार, बैशाख २०, २०८१

मन्त्रीपरिषद बैठक:कार्यक्षमताको मूल्याङ्कन गर्ने समितिमा आचार्य र श्रेष्ठ नियुक्त

पहिरो पीडितलाई थप सहायता उपलब्ध गराइने

काठमाडौ आश्विन २०,  प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रीपरिषद्को बैठकले निजामती सेवाका सचिव तथा सहसचिवको कार्यक्षमताको मूल्याङ्कन गर्ने समितिमा पूर्व mantriparisadसचिव मधुरमण आचार्य र सुरेशमान श्रेष्ठलाई नियुक्त गरिएको छ ।

त्यस्तै बैठकले दशैतथा तिहारको समयमा वन विनास हुने भएकाले वन मन्त्रालयबाटै तलब खुवाउने गरी वनपालेलाई काममा लगाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुका् प्युठानमा गएको पहिरोबाट प्रभावित जनतालाई रु १० हजार आर्थिक सहायता दिइएको र अहिले जिल्ला दैवी प्रकोप उद्धार समितिले प्रमाणित गरेका परिवारलाई दसैँका अवसरमा थप रु १५ हजार उपलब्ध गराउने निर्णय गरेको जानकारी पनि दिनुभएको छ ।