शुक्रबार, जेष्ठ ४, २०८१

कार्की विरुद्धको महाभियोग प्रस्तावमाथि कात्तिक ९ गते छलफल हुँने

काठमाडौ कात्तिक ७ ,आज बसेको व्यवस्थापिका  संसदको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव पेश भएको छ ।  संविधानको धारा १०१ को उपधारा २ एवम् व्यवस्थापिका– संसद् नियमावली, २०७३ को १३८ को उपनियम नियम १ बमोजिम दर्ता गरिएको उक्त प्रस्ताव मा आयोगका प्रमुख IMG_9162_sjh_samsad_073आयुक्त लोकमानसिंह कार्कीविरुद्ध पदीय आचरण विपरीत कार्य गरेको अभियोग लगाउँदै १सय ५७जना सांसदको दावी रहेको छ ।

आजको बैठकमा आयोगका प्रमुख आयुक्त कार्कीविरुद्ध दर्ता महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी दिँदै सभामुख ओनसरी घर्तिले उक्त प्रस्ताव उपर कार्तिक ९ गते दिउँसो ३ बजे बस्ने संसदको बैठक छलफलको समय निर्धारण गरेको जानकारी दिनु भएको छ ।  संसद सचिवालयका अनुसार उक्र प्रस्ताव उपर छलफल भएपछि थप अनुसन्धान गर्न महाअभियोग सिफारिस समितिमा पठाइने छ । समितिले कार्यप्रारम्भ गरेको ३० दिनभित्र संसदमा राए सहितको प्रतिवेदन पठाउने जानकारी दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2016
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930