बिहिबार, बैशाख २०, २०८१

एमाले र राप्रपा नेपालको चुनावी चिन्ह गुम्ने खतरा

काठमाडौ कात्तिक ८, दुई प्रतिपक्षी दल एमाले र राप्रपा नेपालको चुनावी चिन्ह गुम्ने खतरा देखिएको छ । व्यवस्थापिका संसदमा छलफलमा रहेको राजनीतिक दलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक- ०७३ मा राखिएको प्रावधानका कारण एमालेको सूर्य र राप्रपा नेपालको गाई चुनाव चिन्ह गुम्नसक्ने खतरा देखिएको छ । विधेयकमा राष्ट्रिय झन्डा या चिन्ह प्रयोग गर्ने राजनीतिक दल चुनावका लागि दर्ता हुन नसक्ने व्यवस्था राखिएको छ । चुनावी मिति घोषणा भएपछि निर्वाचन मा भाग लिने दलले निर्वाचन आयोगमा दल दर्ता गराउनुपर्ने खवर नयाँपत्रिकाले छापेको छ ।

त्यस्तै खवरमा एक सातायता संसदमा छलफलमा रहेको सो विधेयक जस्ताको तस्तै पारित हुँदा दुवै दल आगामी चुनावका लागि दर्ता हुन सक्ने छैनन् । या त उनीहरुले चुनाव चिन्ह फेर्ने विकल्प राख्नुपर्नेछ ।  छलफल प्रक्रिया बढेपछि दुवै दलले चुनवा चिन्ह गुम्ने आशंका गर्दै संसदको विधेयक शाखामा प्रवधान खारेजीका लागि संशोधन प्रस्ताव दर्ता गराएका छन् ।