शुक्रबार, जेष्ठ ४, २०८१

राष्ट्रपति र उनको परिवारको जुत्ता चप्पल उठाउन सेना प्रयोग

काठमाडौ कार्तिक ७,    राष्ट्रपति विद्यादेवी भण्डारी उनकी दुई छोरी र परिवारका राष्ट्रपति कार्यालयका अन्य व्यक्तिको जुता चप्पल उठाउन नेपाली सेनाको प्रयोग गरेको पाईएको छ ।
22102016025824sena-2-1000x0शनिबार बिहान सप्तरीको सखडास्थित प्रसिद्ध छिन्नमस्ता भगवती दर्शनका लागि राष्ट्रपति भण्डारी दुई छोरी उषा किरण र निशा कुसुमसहित पुग्दा उनीहरुको जुता चप्पल उठाउन सेनाको प्रयोग गरिएको हो । हेलिकप्टरबाट छोरीहरुसहित छिन्नमस्ता पुगेकी राष्ट्रपति भण्डारी मन्दिरमा पुजा गर्न गएपछि नेपाली सेनाका जवानहरुले उनी र उनकी छोरीहरुको जुता चप्पल उठाएर मन्दिरको निकासद्वारसम्म पुऱ्याएका थिए ।

निकासद्वारको केही टाढा जुता चप्पल राखिएपछि सेनाका एकजना माथिल्लो दर्जाका अधिकारीको निर्देशनमा पुन: सैनिक जवानले चप्पल जुता उठाएर मन्दिर निकासद्वारको गेटनजिकै पुऱ्याएका थिए । राष्ट्रपति र उनकी छोरीहरुको जुता चप्पल सैनिकले उठाउँदा मन्दिर परिसरमा रहेकाहरुले पुरानो राजा संस्कृतिकै पुनरावृत्ति हुन थालेको आरोप लगाएका थिए ।
कान्तिपुरबाट

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2016
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930