शनिबार, जेष्ठ ५, २०८१

साल्ट ट्रेडिङको  ५४औ वार्षिकोत्सव :पेट्रोलियम पदार्थ भण्डारणको जिम्मा लिन आपूर्तिमन्त्री बोहराको आग्रह

 काठमाडौ भाद्र २७  विस २०२० पव्लिक प्राइभेट पार्टनरसिपको रुपमा स्थापना भएको पहिलो कम्पनी साल्ट टेडिङ _dsc0522dsc_9031 dsc_9144 dsc_9161-1कर्पोरेशन लि ले आज एक विशेष कार्यक्रमकावीच आफ्नो स्थापनाकालको ५४ औ वार्षिकउत्सव मनाएको छ ।  बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आपूर्तिमन्त्री दीपक बोहराले साल्ट ट्रेडिङ कम्पनी लिमिटेडको ५४आँै वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै सरकारले सार्वजानिक निजी साझेदारी अवधारणामा सात प्रदेशमा ९० दिनसम्म पुग्ने गरी पेट्रोलियम पदार्थको भण्डारको कार्यअगाडि बढाउने नीतिगत निर्णय गरिसकेकाले साल्ट ट्रेडिङ कम्पनीलाइ जिम्मा दिन सरकार तयार रहेको बताउनु भएको छ ।  त्यस अवसरमा उहाँले कम्पनीले अवलम्वन गरेको ग्यास वितरण पद्धतिले उपभोक्तामा सकारात्मक प्रभाव पारेको आफुलाइ जानकार िरहेको जनाउँदिदै अगामी दिनमा ग्यास उत्पादन प्लान्ट नै राख्न कम्पनीलाई निर्देशन समेत दिनु भएको छ । त्यस अवसरमा मन्त्री वोहराले कम्पनीद्वारा स्थापित रु ५० हजार नगद प्रमाणपत्र सहितको बालहितकारी पुरस्कार नेपाल बाल सङ्गठन धनगढी जिल्ला शाखालाई प्रदान गर्नुभएको थियो ।

त्यस्तै वार्षिकोत्सव समारोहलाइ सम्बोधन गर्दै कम्पनी सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले सरकारको नीतिनियममा रही कम्पनीले आम उपभोक्तालाई सर्वसुलभ रूपमा दैनिक उपभोगका वस्त बिक्री–वितरण गर्दै आएको जानकारी दिनुभएको थियो ।  त्यस्तैगरि कम्पनीका महाप्रबन्धक उर्मिला श्रेष्ठले नेपाल सरकारले निर्धार गरेका नीति नियम भित्र रही आपूर्ति र वितरणका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको यस कर्पोरेशनले निरन्तर रुपमा बिगत लामो समयदेखि आमजनतालाई सुपथ एव. सहजरुपमा गुणस्तरीय उपभोग्य बस्तु उपलब्ध गराउदैं आएको बताउँनु भएको छ ।  त्यस्तै कर्पोरेशनलाइ रासायनिक मल आयात गरी बिक्री गर्न थप जिम्मेवारी प्रदान गरेकोमा नेपाल सरकार प्रति आभार ब्यक्त गर्दै उहाँले देशको अर्थतन्त्रमा कृषिको महत्व अंगीकार गरिदै गएको वर्तमान सन्दर्भमा कर्पोरेशनले कृषिको विकासमा समेत योगदान पु-याउने लक्ष्य अनुरुप रासायनिक मलका अतिरिक्त गहुंको बीउ प्रशोधन गरी किसान समक्ष पु;याउँदै आएको जानकारी दिनु भएको छ।
त्यस्तै उहाँले  कर्पोरेशनले मुलुकमा करीब शतप्रतिशत परिवारमा आयोडिनयुक्त नुन पु;याइसकेको र जुन मात्रा दक्षिण एसियाको तुलनामा अपेक्षाकृत बढि भएको NDHS _Nepal Demographic Health Survey  को सर्भे अनुसार नेपाल सरकारको लक्ष्य बमोजिम USI उपलब्धि गर्न करीब नजिक पुगिसकेको जनाउँ दिनु भएको छ ।  साथै निकट भविष्यमा आउने दशैं, तिहार र छठलाई दृष्टिगत गरी बिगत बर्षहरुमा झै यस बर्ष पनि नेपाल सरकारको निर्देशन अनुसार बिभिन्न स्थानमा कर्पोरेशनबा६ बिक्री बितरणा गरिने सामानहरुको स्टल राखी सहुलियत दरमा बिक्री बितरण गरिने जानकारी दिनु भएको छ ।

कम्पनी सञ्चालक समितिका सदस्य एवम् आपूर्ति मन्त्रालयका सहसचिव आनन्दराज रेग्मी र आधिकारीक ट्रेड युनियनका अध्यक्ष मेघराज घिमिरे लगायतले
कम्पनीको तर्फबाट विस्तारित सेवामाथि प्रकाश पार्दै सरकारको निर्देशन र कर्पोरेशनको सक्रियतामा भएका कामहरुलाई आम जनताले सकारात्मक रुपमा लिएकोले यस्ता गतिविधिलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भएको उक्त कार्यक्रममा हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार कम्पनीमा कार्यरत अनुप श्रेष्ठ र काशीन्द्र श्रेष्ठ तथा ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कार नवीन्द्रचन्द्र झा, मोहन थापा र लालबहादुर तमाङलाई प्रदान गर्नुका साथै कम्पनीमा २० वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पुरस्कार प्रदान गर्नु भएको थियो भने समारोहमा प्रवेशिका परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्र छात्रालाई छात्रवृत्ति प्रदान गरिएको थियो ।