बिहिबार, बैशाख २०, २०८१

स्थानीय सम्पदा,संस्कृति र पर्यटन प्रवद्र्धनका लागि महोत्सवको आयोजना गरिदै

काठमाडौं श्रावण ३० ,  खुशीबहिल टोल सुधार तथा धार्मिक पर्यटकीय स्थल संरक्षण समितिले आगामी भाद्र २ गते जनैपूर्णिमाका ‘खुशीबही महोत्सव–२०७३’ आयोजना गर्ने भएको छ ।  खुशीबहीको ऐतिहासिक महत्व झल्काउँदै स्थानीय सम्पदा र संस्कृतिको संरक्षण सहित यहाँका मुर्त तथा अमुर्त कलासंस्कृति पर्यटकीय गणतव्यको रुपमा पहिचान गर्दै _Prabin-Shrestha-9119-2पर्यटन प्रवद्र्धन गर्दै लैजाने लक्ष्य महोत्सव आयोजक समितिको रहेको जारी विज्ञप्तिमा उल्ल्ेख गरिएको छ ।

त्यस्तै नेवार समुदायको साँस्कृतिक पर्व गँुपुन्हीका दिन शहरका परम्परागत बौद्ध विहारहरुमा दीपंकर बुद्ध (बही द्यः) र अन्य देवीदवता सर्वसाधारणका लागि प्रदर्शनमा राखिन्छ । यी देवताहरुका अतिरिक्त खुशीबहीमा सुनका अक्षर (लँुया आखः) र वीरकुश महाराजका मुखौटा (तेमां ख्वाःपा) र नये नकिं, ज्या थकिं (मल्लकालीन एक महिला जोडी) को समेत प्रदर्शन गरिनुको अलावा ऐतिहासिक विहार, यहाँका धार्मिक र सांस्कृतिक सम्पदाका साथै महोत्सवमा सहभागी भई विभिन्न व्यापारिक स्टलहरुको अवलोकन गर्ने अवसर प्राप्त हुने जनाईएको छ ।

साथै महोत्सवको क्रममा ऐतिहासिक आजुमांख्यः परिसरमा खेल तथा मनोरञ्जन, हस्तकला र खाद्यवस्तुका स्टल सहित नेपाः डान्स एकेडेमी र शीर्षक सांगीतिक समूहका कलाकारबाट नृत्य र सांगीतिक कार्यक्रमको अलावा निःशुल्क फेस पेन्टिङ र मेहन्दीकोको समेत प्रबन्ध गरिएको बताईएको छ ।