सोमवार, बैशाख ३१, २०८१

राप्रपा र राप्रपा नेपालवीचको एकता प्रक्रिया आयो हाँती फुस्सा

काठमाडौ श्रावण २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल वीच हुने भनिएको एकता हाँती आयो हाँती फुस्सा भएको छ । पार्टी एकताको लागि मिति समेत घोषणा भइसकेको अवस्थामा पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता प्रक्रिया पूर्वनै सरकारमा जाने निर्णय गर्दै सरकारमा आफ्ना प्रतिनिधी पठाएपछि Capture444चर्किएको विवादले एकता प्रक्रिया हाँती आयो हाँती फुस्सा भएको हो।

पार्टी एकताको लागि राप्रपा र राप्रपा नेपालका शिर्ष नेतृत्ववीच केही दिनअगाडि दुवै पार्टी एकीकरणका लागि समझदारी पत्रमा दस्तखत गर्दै पार्टी एकिकरण भएको दुई साताभित्र संयुक्त बैठक बसेर सरकारमा जाने वा नजाने विषयमा निर्णय लिने सहमति गरिएकोमा सोमबार राप्रपाले सहमति तोडेर एकतर्फी निर्णय गर्दै सरकारमा गएपछि सोको समिक्षा गर्न राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाको प्रस्तुत निर्णय सहमति विपरित भएको जनाउ दिदै राप्रपासँगको एकीकरणको अध्याय एकता नभई अन्त्य भएको बताउँदै आज राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले दुवै पार्टीबीच आज हुने भनिएको एकीकरण राप्रपाको सत्तामोहका कारण हुन नसकेको जिकिर गर्नु भएको छ ।

यसैवीच राप्रपा नेपालका अध्यक्ष कमल थापाको यस्तो अभिव्यक्ति सार्वजनिक भएलगत्तै राप्रपाले आफ्नो पार्टीसँगको एकताको अध्याय समाप्त भएर दिएको अभिव्यक्तिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सो पार्टीका सहप्रवक्ता किरण गिरीले एक विज्ञप्ति जारी गर्दै राप्रपाका अध्यक्ष पशुपतिशम्शेर राणाले पार्टी एकताप्रति प्रतिबद्ध र कटिबद्ध रहेको स्पष्ट धारणा सार्वजनिक गरिसकेको जनाउँदै राप्रपा अन्तरिम विधानको अन्तरवस्तुमा सहमति गर्दै राप्रपा नेपालसँग एकता गर्न सधैँ खुला र उदार भएको उल्लेख गर्नुको अलावा दुई पार्टीबीच एकता अहिलेको राष्ट्रिय आवश्यकता भएको र एकताका लागि थप छलफलको खाँचो भएकाले राप्रपा नेपाललाई थप अध्ययनका लागि आग्रह गरेको छ । तर राप्रपा नेपालले भने अव एकताको कुरा गर्नु आफैमा नौटङकी मात्र भएको बताएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031