आइतवार, जेष्ठ ६, २०८१

यस्तो छ अनौथौ परम्परा वोकेको वलि फाल्ने पर्वको रौनकता

काठमाडौं  श्रावण २५, टिष्टुङगमा शनिवार १२ वर्षे वलि फाल्ने पर्व मनाईएको छ । तान्त्रिक विधिवाट वलिसहितको पूजा अर्थात महा वौ वायगु गरिएको थियो । प्रस्तुत पूजाको प्रसंगमा प्राप्त जानकारी अनुसार करिव १ महिना पूर्व Anup_20160806_1 Anup_20160806_2 Anup_20160806_3 Anup_20160806_4 Anup_20160806_5 Anup_20160806_6 Anup_20160806_8 Anup_20160806_11 Anup_20160806_13 Anup_20160806_14 Anup_20160806_15 Anup_20160806_16 Anup_20160806_19 Anup_20160806_20 Anup_20160806_21 Anup_20160806_22स्थानीयसंग पूजाको लागि आवश्यक सामाग्री संकलन गरी स्थानीय ९ जना कर्माचार्य पुजारीद्दारा पाला, पिचा र कलशमा कालो वोका र राँगाको वली सहितको पूजा गर्ने गरिन्छ । त्यस्तै सोहि दिन साँझ सिन्दुर जात्रा समेत गरिन्छ ।

त्यस्तै प्रस्तुत पूजा लगत्तै १२ वर्षमा नचाइने बज्रवाराही नाचको सुभारम्भ गरिन्छ । नाचको सुभारम्भमा श्री गणेश कुमारी इन्द्रायणी र भैरवको नाच प्रदर्शन गरिन्छ । वलि फाल्ने पर्वको क्रममा करिव ४ फिट उचाइ र ५ फिट गोलाइ भएको वाँसको चोयाले बनाएको पिचा मा २ मुरी चामलको भात र सिङगो राँगाको मासु राखी स्थानीय पाल्चोक देखि बज्रवाराही अजिमा मन्दिरमा वाजा गाजा सहित पिचा खटमा अर्थात मासु र भातको थुप्रोमा बसेका धामीले देवीदेवतालाइ चढाउँदै जाने एक वेग्लै किसिमको अनौथौ परम्परा वोकोका छन । साथै जात्राको मुख्य आकर्षण स्वरुप करिब ४ फिट लम्बाई, २ फीट चौडा र ३ फिट गहिराई भएको एक किसिमको टोकरी बनाइन्छ । त्यसमा पनि माथि सानो बौपाः मा भरेका चिजहरु भरी चारकुनामा सोही पञ्चरंगी पटाका फहराइन्छ । पूजाको क्रममा बोका र राँगाको बलि दिइ तिनको छाला काढी सोही टोकरीमा बिछ्याइन्छ । सो क्रममा अन्य पूजाहरु भइरहेको हुन्छ । पूजा समाप्ति पछि साना बौपाः नगरको विभिन्न स्थानमा पु-याईन्छ र बालेर लगेको छ्वाली सेलाइन्छ ।

अन्तमा सो नगरको मूल धामीमा देव जागृत हुन्छ र अघि बनाइराखेको टोकरीमा आफ्नो स्थान जमाउँछ र त्यसमा रहेको अन्न प्रसाद स्वरुप बाटो भरी छर्दै जान्छ । तत्पश्चात सहयोगी गुठीयारहरुले सो टोकरी उठाई बज्रबाराही स्थानमा स्थानीय बाजागाजासहित जात्रा गरी पु-याइन्छ र धामिले आफ्नो मन्त्रसिद्धिद्वारा सोमा रहेको सामाग्रीहरुद्वारा बज्रबाराही माताको पुजा आजा गरेपछि सो त्यही छोडी फर्केपछि जात्रा समाप्त भएको मानिन्छ ।