आइतवार, जेष्ठ ६, २०८१

टिस्टुङ्ग बज्रबाराही १२ बर्षे जात्रा शुरु(फोटो फिचर)

शरण डंगोल/ श्रावण २५,   काठमाडौं दक्षिणमा रहेको मकवानपुर जिल्लाको टिस्टुङ्ग नगर प्राकृतिक, धार्मिक एवं ऐतिहासिक रुपले अति नै मनोरम स्थल रहेको छ । यस स्थानको ऐतिहासिक, पुरातात्विक, साँस्कृतिक, प्राकृतिक वरदान स्वदेशी एवं विदेशीको निमित्त एक पर्यटकिय गन्तव्य स्थल रहको छ । नेवारी तिथी अनुसार यस क्षेत्रमा मनाइने जात्रापर्वहरु अनगिन्ती छन् । त्यस मध्ये हरेक ३ वर्षमा ३ दिन सम्म मनाइने टिस्टुङ्ग बज्रबाराही जात्रा यहाँको प्रमुख जात्रा IMG_9264_sjh_tistung bau thaneu jatra_073 IMG_9276_sjh_tistung bau thaneu jatra_073 IMG_9442_sjh_tistung bau thaneu jatra_073 IMG_9500_sjh_tistung bau thaneu jatra_073 IMG_9515_sjh_tistung bau thaneu jatra_073हो भने हरेक १२ बर्षमा मनाइने टिष्टुङ्ग बज्रबाराही देवगण जात्रा  एक मुख्य जात्रा रहेको छ । सोही १२ वर्षे जात्राको शुरुवात थाहा नगरपालिका वडा नं. १३ टिस्टुङ्ग दरबार क्षेत्रको पाल्चोकमा गत श्रावण २२ गते अर्थात गथामुगः चह्रे पछिको पहिलो शनिबार बिहानैदेखि शुरु भएको १२ वर्षे बौ वायेगु जात्रा साँझ समाप्त भए लगत्तै टिस्टुङ्ग बज्रबाराही १२ वर्षे देवगण जात्राको पनि तयारीको शुरुवात भएको छ ।

यस जात्रा संचालनको निमित्त एक महिना अघिदेखि नै भैरव, गणेश, बाराही, इन्द्रायणी, कुमारी लगायत अन्य देवगणहरुले स्थानीय जनताबाट आवश्यक सामाग्री संकलन गर्ने कार्य हुन्छ । जात्राको दिन स्थानीय ९ कर्माचार्य पुजारीले बिधिवत रुपमा तान्त्रिक पुजाआजा गरी बौ वायेगु जात्राको लागी बौपाः (एक किसिमको सानो माटोको भाडो) मा आवश्यक सामाग्रीहरु राखी त्यसमा छुट्टाछुट्टै पञ्चरंगी पताका फहराइन्छ । जात्राको मुख्य आकर्षण स्वरुप करिब ४ फिट लम्बाई, २ फीट चौडा र ३ फिट गहिराई भएको एक किसिमको टोकरी बनाइन्छ । त्यसमा पनि माथि सानो बौपाः मा भरेका चिजहरु भरी चारकुनामा सोही पञ्चरंगी पटाका फहराइन्छ । पूजाको क्रममा बोका र राँगाको बलि दिइ तिनको छाला काढी सोही टोकरीमा बिछ्याइन्छ । सो क्रममा अन्य पूजाहरु भइरहेको हुन्छ । पूजा समाप्ति पछि साना बौपाः नगरको विभिन्न स्थानमा पु-याईन्छ र बालेर लगेको छ्वाली सेलाइन्छ ।

अन्तमा सो नगरको मूल धामी��ा देव जागृत हुन्छ र अघि बनाइराखेको टोकरीमा आफ्नो स्थान जमाउँछ र त्यसमा रहेको अन्न प्रसाद स्वरुप बाटो भरी छर्दै जान्छ । तत्पश्चात सहयोगी गुठीयारहरुले सो टोकरी उठाई बज्रबाराही स्थानमा स्थानीय बाजागाजासहित जात्रा गरी पु¥याइन्छ र धामिले आफ्नो मन्त्रसिद्धिद्वारा सोमा रहेको सामाग्रीहरुद्वारा बज्रबाराही माताको पुजा आजा गरेपछि सो त्यही छोडी फर्केपछि जात्रा समाप्त हुन्छ । तत्पश्चात बज्रबाराही देवगण जात्राको लागि तयारी शुरु गरिन्छ र ५ महिनामा सो देवगण जात्रा स्थानीय डबली टोल लगायत काठमाडौं र अन्य स्थानमा पनि देखाइन्छ ।
किंवदन्ती अनुसार सो पूजामा संलग्न मुख्य धामी जात्रा पछि सोही बज्रबाराही स्थानमा विलिन हुनसक्ने हुनाले मुख्य धामी नफर्कुञ्जेल घरपरिवारमा रुवावासी र एक किसिमको डर त्रासले भयभित भएर बसेका हुन्छन् ।