बिहिबार, बैशाख २०, २०८१

काँग्रेस सभापति देउवाद्वारा नेवि सङ्घको ११औँ महाधिवेशन एक भव्य कार्यक्रमकावीच सुभारम्भ

महाधिवेशनको उद्घाटन भइसक्दा पनि नेताद्दयको आमरण अनशन जारी

काठमाडौ श्रावण २३, नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको आज राजधानीको भृकुटीमण्डपमा नेपाली 13957433_10204963488005624_995263733_n13900377_10204963487405609_609818537_n13956846_10204963488045625_155933062_n14012178_10204963488125627_1706903035_n 14012220_10204963487925622_847866542_n 14012161_10204963487005599_1017701038_n 14010009_10204963487965623_202492945_n13988891_10204963488085626_608521935_nकांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नु भएको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसङ्घको प्रस्तुत महाधिवेशनमा मुलुकभरका करिब ३ हजार ३०० प्रतिनिधि सहभागी रहहनुको अलावा श्रावण २५ गते नयाँ नृतृत्व चयन गर्दै समापन हुने बताईएको छ ।  पटकपटक महाधिवेशनको मिति घोषणा हुँदै स्थगन हुँदै आएको नेविसङ्घको महाधिवेशन सम्पन्न गर्न यसपटक काँग्रेस केन्द्रीय सदस्य डा प्रकाशशरण महतको संयोजकत्वमा गोविन्दराज भट्टराई, गुरुराज घिमिरे, प्रदीप पौडेल र किशोरसिंह राठौर सहितको निर्देशन समिति गठन गरेको थियो ।

संघको नेतृत्व लिन भन्दै अध्यक्ष लगायतका प्राय सवै पदमा उम्मेदावारको आकंक्षीको सख्या धेरै रहेको अध्यक्षका उम्मेदवारहरुमा कुन्दनराज काफ्ले, शुभराम बस्नेत, जितजङ्ग बस्नेत, मनोजमणि आचार्य, नैनसिंह महर, क्षितिज भण्डारी, दीपक भट्टराई, विनिता अधिकारी, नीलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, लगायतले उम्मेदवारी घोषणा गरिसकेका छन् । अन्य केही नेताहरू उम्मेदवारी घोषणा गर्ने क्रममा रहेका छन् ।

यसैवीच सङ्घका नेताद्दय गणेश सापकोटा र रत्नहरि ढुङ्गेलले विधानसम्मत महाधिवेशनको माग गर्दै बसेको आमरण अनशन आज महाधिवेशनको उद्घाटन भइसक्दा पनि जारीनै रहेको छ । विधान विपरीत ल्याइएका प्रतिनिधि खारेज गर्नुपर्ने, वास्तविक प्रतिनिधि मात्र कायम गर्नुपर्ने, अधिवेशन गर्न बाँकी रहेका उपत्यकाका साथै अन्य जिल्लामा वैधानिक तवरले अधिवेशन गर्नुपर्नेलगायतका माग राखी अनशन सुरु गरेका थिए । यसमध्ये विवादित भनिएका ११ जिल्लामध्ये सुर्खेत, रौतहट र भक्तपुरको विवाद मिलिसकेको बताईएपनि सिराहा, धनुषा, रुपन्देही, पर्सा, कञ्चनपुर, मुस्ताङ, सोलुखुम्बु र कास्कीको प्रतिनिधिको विवाद अझै रहेको बुझिएको छ ।

महाधिवेशनको आजको उद्घाटनसत्रमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि, कोषाध्यक्ष सीतादेवी यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, पार्टीका पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पार्टीका केन्द्रीय समितिका सदस्य, अन्य नेता तथा सङ्घका पूर्व अध्यक्षहरुको सहभागीता रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031