मङ्लबार, जेष्ठ १, २०८१

एसएलसी स्तरबृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाडौ भाद्र १५, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी ले बुधबार आज बसेको बोर्ड बैठकको पछि साँझ एसएलसी पूरक अर्थात् स्तरबृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।  कुल ६७ हजार ७३ जना परीक्षार्थी सहभागी भएकोमा पनि आज सार्वजनिक गरिएको नतिजा अनुसार ६७ हजार ३३ जना परीक्षार्थीको स्तरबृद्धि भएको पनिकाले जनाएको छ ।

त्यस्तै ४० जनाको नतिजा भने स्थगित गरिएको पनिकाले जनाएको छ ।  पनिकाले प्रस्तुत परीक्षा गत श्रावण १४ गतेदेखि २१ गतेसम्म सन्चालन गरेको थियो ।