बिहिबार, जेष्ठ ३, २०८१

श्रावण १ गतेदेखि लागू हुने गरी विद्युत महसुल बृद्धि, महसुल बृद्धि कानुन विपरीत भन्दै उजुरी 

काठमाडौं आषाढ १७,  नेपाल विद्युत प्राधिकरणले श्रावण १ गतेदेखि लागू हुने गरी विद्युत महसुल बृद्धि गरेको छ । प्राधिकरणले ग्राहकलाई 6e6ab8bc557a2b539bd39806f06066cf७ श्रेणीमा वर्गीकरण गरी महसुल बृद्धि गरेको महसुल शुल्क अनुसार अवदेखि उपभोक्ताले न्यूनतम २० युनिटसम्म विद्युत उपभोग गर्दा न्यूनतम ३० रुपैयाँसहित प्रतियुनिट ३ रुपैयाँका दरले महसुल तिर्नुपर्नेछ भने २१ युनिटदेखि ३० युनिटसम्म न्यूनतम ५० रुपैयाँ र प्रतियुनिट ७ रुपैयाँ तिर्नुपर्ने छ ।

त्यस्तै ३१ देखि ५० युनिटसम्म न्यूनतम ७५ रुपैयाँ र प्रतियुनिट ८ रुपैयाँ ५० पैसा तिर्नुपर्ने छ भने ५१ देखि १५० युनिटसम्म न्यूनतम एक सय रुपैयाँ र प्रतियुनिट १० रुपैयाँ तिनुपर्नेछ ।  १५१ देखि २५० युनिटसम्म न्यूनतम १२५ र प्रतियुनिट ११ रुपैयाँ, २५१ देखि ४०० युनिटसम्मका लागि न्यूनितम १५० र प्रतियुनिट १२ रुपैयाँ, सोभन्दा माथि खपत गर्ने ग्राहकले न्यूनतम १७५ रुपैयाँ र प्रतियुनिट १६ रुपैयाँ महसुल तिर्नुपर्ने भएको छ ।

यसैवीच उपभोक्ता हित संरक्षण मञ्चले कानुन विपरीत विद्युत् महसुल बढाएको जनाई आज व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत र उपभोक्ताहित सम्बन्धन समितिमा उजुरी दर्ता गराएको छ ।    मञ्चका अध्यक्ष ज्योति बानियाँको नेतृत्वमा गएको प्रतिनिधीमण्डलले विद्युत् महसुल निर्धारण नियमावली २०५० को नियम ६ ९१० ले वर्षमा एकपटक मात्र बढाउने र पाँच प्रतिशतभन्दा बढी बढाउन नपाउने व्यवस्था भए पनि उक्त व्यवस्थाको वर्खिलाप प्राधिकरणले विद्युत् महसुल बढाएको भन्दै यस्तो उजुरी दर्ता गराउनु भएको हो ।