सोमवार, जेष्ठ ७, २०८१

म.पको बैठक: ३ सदस्यीय वार्ता टोली गठन, पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेश, २०६९ खारेज

काठमाडौ श्रावण ५, आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनरत डा गोविन्द केसीको मागको सम्बोधन एवम् छलफलका लागि भन्दै वार्ता टोली गठन गरेको छ ।
mantri-602x256प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव सहितको ३ सदस्यीय वार्ता टोलीलाइ डा केसीको मागको सम्बोधन एवम् छलफलको अख्तियारी दिईएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभएको छ ।

त्यस्तै आजको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेश, २०६९ खारेज गर्ने निर्णय सहित स्थानीय शान्ति समितिको म्याद यही साउन १ गतेदेखि लागू हुनेगरी एक वर्षका लागि थप गरेको प्रवक्ता राइले जानकारी दिनु भएको छ ।