बिहिबार, बैशाख २०, २०८१

गुरु पूर्णिमाको अवसरमा ज्ञानोदयका पूर्व प्रअहरु अभिन्दित

काठमाडौं श्रावण ४, आज गुरु पूर्णिमा मुलुकभर गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइदैछ । त्यसोत वैदिक कालदेखि नै गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइने यो दिन गुरूप्रति शिष्यले सम्मान प्रकट गर्ने महत्वपूर्ण दिन पनि हो । आजको दिन आफूलाई शिक्षा प्रदान 13735476_10204833048144709_2089271407_n 13819386_10204833047984705_1228470071_nगर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ । गुरु पूर्णिमाको अवसरमा आज विद्यालय, लगायतका शिक्षण संस्था विभिन्न कार्यक्रम आयोजना गरी गुरुप्रति सम्मान प्रकट गर्ने प्रचलन रहिआएको छ ।

यसैक्रममा राजधानीको पुरानो कालिमाटीस्थित ज्ञानोदय उच्च माबिमा पनि ज्ञानोदय पूर्व बिद्यार्थी समाज नेपालद्वारा विद्यालयका पूर्वप्रहरुलाइ अभिनन्दन गरिएको छ । विद्यालयका पूर्व शिक्षक समेत रहेका शिक्षा मन्त्रालयका सह सचिव डा.डिल्लीराम रिमालको प्रमुख आतिथ्यतामा आयोजित एक विशेष कार्यक्रमकावीच विद्यालयका पूर्वप्रहरु क्रमस शिवनाथ लामिछाने, भवानी शर्मा लामिछाने, मन शर्मा, सानुकाजी केसी, रेब रत्न बज्राचार्य, धनन्जय शर्मा अधिकारी, कुन्देव प्रसाद यादव लगायतलाई अभिन्दित गर्दै समाजले हाल कार्यरत शिक्षक शिक्षिकाप्रति समेत सम्मान प्रकट गरेको छ ।

त्यस्तै गुरु पुर्णिमाकै अवसरमा समाजद्दारा आयोजित गुरु पुर्णिमा र यसको महत्व बिषयक निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट , दोस्रो र तेस्रो भएका मेधावी विद्यार्थीहरु क्रमस ओमप्रकाश शर्मा, सारज्ञ ज्ञवाली र राधिका थापालाइ पनि प्रमुख अतिथी रिमालले प्रमाणपत्र वितरण गर्नु भएको थियो ।    समाजका अध्यक्ष अर्जुन गौतमको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रअ नातिकाजी महर्जन, समाजका पूर्व अध्यक्ष साधुराम गौतम , बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष तारा भण्डारी, अभिभाबक शिक्षक संघका अध्यक्ष रामेश्वर भट्टराई लगायतको गरिमामय उपस्थिती रहेको थियो ।