बिहिबार, बैशाख २७, २०८१

सफाइ अभियानका कारण विष्णुमती नदीको अवस्थामा गुणात्मक सुधार हुँदै

कठमाडौं चैत्र १६, साप्ताहिक विष्णुमती नदी सफाइ अभियानअन्तर्गत शनिवार कामपा वडा १५,१९ र २० स्थित नदी र आसपासको क्षेत्रको सरसफाइ गरिएको छ 1981787_10200759331944350_2083275094_n। सरसफाइ कार्यक्रममा कामपाका कर्मचारी स्थानिय संघसंस्थाका प्रतिनिधी लगायत मिस नेवा एलिसा बज्राचार्यको सहभागिता रहेको थियो । मानव अतिक्रमणका कारण नदी दुर्गन्धित भई ढलमा परिणत भएको तथ्यलाई मनन् गरी विष्णुमती नदी सफाइ अभियानलाइ निरन्तरता दिइएको कामपाका सुपर भाईजर रत्नकाजी महर्जनले बताएका छन । 

त्यस्तै गत वैशाखदेखि सुरु भएको प्रस्तुत अभियानका कारण विष्णुमती नदीको अवस्थामा गुणात्मक सुधार आएको दावी मिस नेवा एलिसा बज्राचार्यको रहेको छ ।  त्यसो त, अभियानमा सहभागीले नदीमा फोहोर टिपेर मात्र केही नहुने भन्दै सार्वजनिक स्थानमा फोहोर फाल्ने प्रवृत्तिलाइ निरुत्साहित गर्नु पर्ने बताए ।