शनिबार, बैशाख ८, २०८१

बालाजु बाइपासमा सार्वजनिक सडक मिचेर निर्माण गरिएका घर टहरा भत्काइए

 काठमाडौँ चैत २२, काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले आज बालाजु बाइपास क्षेत्रमा सडक विस्तार गर्ने कामको सुरुवात गरेका छन् । यस क्रममा महानगरपालिकाको वडा नं १६ बाइपासमा सार्वजनिक सडक मिचेर निर्माण गरिएका घर टहरा भत्काइएको छ ।  उक्त क्षेत्रमा आज Traffic_Police_Rod_Explane02_20120318094508बिहानैदेखि नेपाल प्रहरी, महानगरपालिकाका कर्मचारी, महानगर प्रहरीलगायत स्थानीय सरोकारवाला निकायका व्यक्तिहरुको उपस्थितिमा सडक विस्तार गरिएको हो । त्यस्तै त्यस क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण गरिएका घर टहराको कुनै आधिकारिक कागजात नभएकाले विस्तारका क्रममा कुनै पनि अवरोध नभएको प्रहरीको भनाइ छ । सो स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका करिब १५० घर भत्काइने योजना रहेको छ । आजमात्रै ७० घर टहरा भत्काइएको प्राप्त समाचार उल्लेख गरिएको छ ।