आइतवार, जेष्ठ ६, २०८१

एसएलसी टेष्ट परीक्षा रोक्न निर्देशन

slc  काठमाडौँ माघ ६, सरकारी नीति विपरीत विभिन्न जिल्लामा निजी (संस्थागत) विद्यालयबाट एसएलसी टेष्ट (सेन्टअप) परीक्षा सञ्चालन भएको पाइएकाले त्यस्तो कार्य रोक्न सरकारले निर्देशन दिएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले विद्यालयहरूले आन्तरिक मूल्याङ्कनको प्रयोजनका लागि शुल्क नलिई तथा उत्तीर्ण÷अनुत्तीर्ण नगराउने गरी मात्रै त्यस्तो परीक्षा सञ्चालन गर्न सक्ने बताउँदै हाल लिइरहेको टेष्ट परीक्षा वैधानिक नभएको बताउँनु भएको छ ।  तर सरकारी निर्देशन विपरित कतिपय निजी विद्यालयले सो निर्देशनको अवज्ञा गरी यस्तो परीक्षा सञ्चालन गरिरहेको पाइएको भन्दै उहाँले त्यस्ता विद्यालयलाइ कारवाही प्रक्रिया अगाडि बढाउँने तयारी भएको बताउनुभएको छ ।