शुक्रबार, बैशाख १४, २०८१

काठमाडौ उपत्यकामा ५५ सहित ११९ जनामा कोभिड संक्रमण ,३ को मृत्यु

काठमाडौ माघ २५,
पछिल्लो २४ घण्टामादेशभरका बिभिन्न प्रयोगशालामा २ हजार २ सय ५१ जनाको पीसीआर परीक्षण्को क्रममा काठमाडौ उपत्यकामा ५५ जना सहित थप १ सय १९ जनामा कोभिड संक्रमण देखिएको छ । आज पहिचान भएक संक्रमितसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय२५ पुगेको छ ।

त्यस्तै यसवीचमा देशभरबाट थप २ सय ६० जना संक्रमणमुक्त भएसंगैसंक्रमण मुक्तहुनेको संख्या २ लाख ६८ हजार ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले देशभर सक्रिय संक्रमितको संख्या १ हजार ८ सय १५ रहेको र यसमध्ये ५६ जनाको आइसीयूमा र ११ जनाको भेन्टीलेटरमा उपचार भइरहेको जानकारी दिनुको अलावा संक्रमणबाट ३ जनाको मृत्यु भएको र योसंगै नेपालमा मृत्यु हुनेको संख्या २ हजार ३८ पुगेको जानकारी दिएको   छ ।