शुक्रबार, बैशाख १४, २०८१

नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं माघ १९,
आज नेकपा प्रचण्ड नेपाल समहको केन्द्रीय समितिको बैठक बस्दै छ । मुलुकमा संसद विघटनसंगै नेकपा विभाजन पछि सिर्जित राजनैतिक घटनाक्रमको थप कार्यदिशा तय गर्न नेकपाले बबरमहलस्थित एक पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक बोलाएको हो ।

त्यसोत सम्वद्ध स्रोतका अनुसार आजको बैठकमा मुलत पार्टी आधिकारिकतासम्बन्धी निर्वाचन आयोगमा गरिएको दाबी, संगठनसम्बन्धी विषय र २८ गते हुने भनिको जनप्रदर्शन सहित जारी आन्दोलनबारे घनिभुत छलफल गरिने जनाएको छ ।

यसअघि प्रचण्ड नेपाल समूहको गत पुस ७ र ९ गते बसेको केन्द्रीय समितिको बैठकले केपी ओलीलाई आफ्नो पार्टीको अध्यक्षबाट वर्खास्त गर्दै सो स्थानमा माधव नेपाललाई नियुक्त गरेको थियो ।