बुधबार, अशोज १७, २०८०

सभामुखद्धारा संवैधानिक परिषदको नियुक्ति सिफारिसको फाइल फिर्तागरेसंगै थपियो संवैधानिक अर्को जटिलता

काठमाडौं माघ १८ ,
सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाइका लागि संवैधानिक परिषदले पठाएको नामावली फिर्ता गरेका छन्। पुस ५ गते प्रतिनिनिसभा विघटनको सूचना प्राप्त हुनुभन्दा केही समयअघि संसद सचिवालयमा सुनुवाइका लागि दर्ता हुन आएको संवैधानिक परिषद्को सक्कल फाइल फिर्ता गरेको संवैधानिक परिषदलाई सभामुख सापकोटाले लेखेको पत्रमा उल्लेख गरिएको छ।

प्रधानमन्त्री समेत रहेका संवैधानिक परिषदका अध्यक्ष केपी ओलीले संवैधानिक परिषद् सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन पछि बसेको बसेको संवैधानिक परिषद्को बैठकले अख्तियार प्रमुखमा प्रेम राई र मानवअधिकार आयोगमा टोपबहादुर मगरसहित ११ वटा संवैधानिक निकायमा ३८ जना पदाधिकारी सिफारिस गरेको थियो।

संयुक्त सदन कार्य सञ्चालन नियमावलीअुनसार संसदले प्रत्र प्राप्त भएको ४५ दिनभित्र कुनै निर्णय नगरेमा स्वत नियुक्ति हुन सक्ने प्रावधानकावीच ४५ दिनपुग्नु अघिनै सभामुख सापकोटाले पत्र आइतबार फिर्ता गरेसंगै सरकारले संसद् छलेर अध्यादेशमार्फत संवैधानिक आयोगमा गर्न खोजेको नियुक्ति सिफारिसमा नयाँ संवैधानिक प्रश्न संगै थप अन्यौलता सिर्जना भएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2020
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031