शुक्रबार, बैशाख १४, २०८१

कोभिशिल्ड’ खोप लगाउँदा असर देखिएसंगै मन्त्रालयले भन्यो-अत्तालिनु पर्ने अवस्था छैन, ढुक्क भएर खोप लगाउँ

काठमाडौ माघ १७,
कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएसंगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा खोपले सामान्य असर देखिएको जानकारी दिदै यसवीचमा देखिएको असर केही समयपश्चात् आफँै हराएर जाने गरेको बताउनुभयो ।

खोप लगाएको ठाउँ रातो हुने, सुन्निेने, चिलाउने, टाउको दुख्ने, जस्ता सामान्य असर देखिएको छ । आजसम्म खोप लगाएका व्यक्तिमा देखिएको सामान्य भएको बताउदै डा अधिकारीले खोप लगाएपछि देखिएको त्यस्तो असर कसैलाई दुई–तीन घण्टामा निको त कसैलाई एक/दुई दिनमा निको हुने भका कारण नअत्तालिन आगह  गरेको  छ ।

साथै मन्त्रालयले खोप लगाउँदा हरेक अस्पतालका सम्भाव्य घटनाको व्यवस्थापनका लागि आवश्यक टिम तथा औषधिको व्यवस्थापनसमेत गरेको जानकारी सहित सबैलाई ढुक्क भएर खोप लगाउन अनुरोधसमेत गरेको छ ।त्यस्तै डा अधिकारीका अनुसार अहिलेसम्म देशभरी १६९ खोप केन्द्रबाट ४६ हजार १९७ जनाले लगाएको जानकारी दिनुभयो ।