शुक्रबार, बैशाख १४, २०८१

वर्ष ०७७को एसईई परीक्षा जेठमा सञ्चालन गर्ने तयारी अनुरुप रजिस्ट्रेसन फाराम खुल्यो

काठमाडौं पुस १५ ,
राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा [एसईई] जेठमा गर्ने तयारी भएको जनाएको छ । बोर्डका अनुसार २०७८ जेठमा परीक्षा सञ्चालनका लागि गर्न सकिने जनाउदै कोभिड संक्रमणको जोखिमका कारण गत वर्षको एसईई सञ्चालन हुन नसकेको र यस वर्ष समयमानै परीक्षा संञ्चालनको तयारी गरेको जनाउदै यसको लागि बिदा कटौती गरेर कक्षा सञ्चालन गर्ने र जेठसम्ममा परीक्षा लिइसक्नु पर्ने जनाएकोछ ।

त्यस्तै परीक्षका लागि २ बोर्डले आवेदन आह्वान गरेको छ । परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले १६ पुसदेखि २१ माघसम्ममा फाराम भर्नुपर्ने र यसको लागि रजिस्ट्रेसन शुल्क प्रतिविद्यार्थी ३०० रुपैयाँ निर्धारण भएको जाकारी दिदै  सम्बन्धित विद्यालयले आफ्ना विद्यार्थीको नामथर, जन्ममिति, आमाबाबुको नाम रुजू गरेर माघभित्र रजिस्ट्रेशन शूल्क सहित शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउन भनेको छ ।