शनिबार, बैशाख १५, २०८१

सातामा २ दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस

काठमाडौ मंसिर २५,
सरकारी अध्ययन समितिले सातामा २ दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।समितिले सार्वजनिक बिदाका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास तथा त्यसले मुलुकको कुल गार्हस्थ उत्पादनमा पर्ने प्रभावसमेत अध्ययन गरी यस्तो सिफारिस गरेको हो ।

सार्वजनिक विदा दिने सम्बन्धमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदेव घिमिरे, अर्थमन्त्रालयका प्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल सहभागी भएको अध्ययन समिति गठन गरेकोथियो ।

अहिले नेपालमा शनिबार मात्र सार्वजनिक बिदा दिने प्रचलन रहेको छ । तर सातामा दुइ दिन विदा दिने हो भने पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण फड्को मार्न सकिनुको अलावा सार्वजनिक खर्चमा कतौती, इन्धनमा कटौती, उत्पादकत्व वृद्धिलगायतका उपलब्धी प्राप्त गर्न सकिने जनाएको छ ।