शुक्रबार, बैशाख १४, २०८१

विवकेशील र साझा पार्टीबीच आज एकाकार हुँदै,मिश्रले अध्यक्ष र पाण्डेले संयोजकको जिम्मेवारी सम्हाल्ने

काठमाडौं मंसिर २४,
२०७५ पुसमा विभाजित भएका विवकेशील नेपाली दल र साझा पार्टीबीच आज पुन एकता हुने भएको छ । दुबै दलले आज अपरान्ह भर्चुअल माध्यमवाट पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा गर्ने तयारी गरेको हो । स्मरण रहोस,  पार्टी एकताको सवालमा विवेकशील नेपाली दलकी उपाध्यक्ष अजीता राईसहित १३ जनाले असहमति व्यक्त गर्दै यसअघिनै प्रेस विज्ञप्ति जारी गरेका थिए ।

पार्टी एकता पक्रिया संगै साझाका रविन्द्र मिश्रलाइ अध्यक्षको र विवेकशीलका मिलन पाण्डेलाइ संयोजकको जिम्मेवारी दिइने भएको छ । त्यस्तै पार्टीको नाम विवेकशील साझा र चुनाव चिन्ह तराजु नै कायम गर्ने विषयमा यसअघिनै समहमति भइसकेको छ।

सातै पार्टी एकताको छ महिनाभित्र एकता महाधिवेशन गर्ने तयारी रहेको बताउदै पार्टी एकता पछि दुवै दलबाट केन्द्रीय समितिमा ६५ /६५ जनाको प्रतिनिधित्व गराइने र सचिवालय भने २६ सदस्यीय बनाउने सहमति भएको छ बताइएकोछ।