शनिबार, बैशाख १५, २०८१

ओली विनै बस्यो नेकपाको स्थायी समिति,प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म ओली बैठकमा उपस्थित नहुँने  

काठमाडौं मंसिर २१,

सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको आज बसेको बैठक आगामी २८ गते आइतबारसम्मका लागि स्थगित भएको छ । लगभग सबै स्थायी समिति सदस्य सहभागी मिटिङमा पार्टी अध्यक्ष एवम प्रम केपी ओलीको अनुपस्थितीमै करिब २ घण्टा बैठक सुचारु भएको थियो । आजको बैठकमा विगतमा जस्तो ओलीको उपस्थितिलाई खासै चासो नदिइ बैठक सञ्चालन भएको बुझिएको छ ।

समाचार सोतकाअनुसार प्रम ओलीले प्रचण्डको प्रतिवेदन फिर्ता नभएसम्म कुनैपनि बैठकमा नआउने जानकारी सहितको चिठ्ठी इश्वर पोखरेल मार्फत बैठकमा पठाएको थाहा भएको छ ।

त्यस्तै निर्धारित समय भन्दा ढिलो बैठक शुरु हुनु बैठकले गरेको कुनै पनि नितिगत निर्णय जस्ता अडान लिइरहेका अध्यक्ष तथा प्रधानमन्त्री ओली बैठकमा उपस्थित नहनुले स्थायी कमिटी र केन्द्रीय कमिटीले कस्तो निर्णय गर्छ, आम कार्यकता र जनताको चासोको विषय बनेको अवस्थामा बैठकले आगामी पुस ५ गते पार्टी केन्द्रीय कमिटिको बैठक बस्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी बताए श्रसचिवालय र स्थायी कमिटिमा छलफल गरिएको दुबै अध्यक्षका प्रतिवेदन केन्द्रीय समितिमा पनि गहन छलफल हुने बताइएको छ ।