शुक्रबार, बैशाख १४, २०८१

बढ्दो संक्रमणका कारण निषेध गरिएका व्यवसायलाई अझै १५ दिन यथावत राख्नुपर्ने निर्णय

आइसीएस कमाण्ड बैठक :

काठमाडौ मंसिर १७,
पछिल्लो समय उपत्यका केन्द्रीत हुँदै बढेको कोभिड संक्रमणको रफ्तारसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइसीएस कमाण्डको बैठकले आगामी १५ दिनको जोखिमको अवस्था हेरेर आवश्यक निर्णय लिइने भन्दै त्यतिन्जेलसम्मका लागि कडाईका साथ तोकिएको मापदण्ड पालना गर्न सवैमा आग्रह गरेको छ ।

त्यस्तै बैठकले यसअघि सञ्चालनमा निषेध गरिएका सेवा तथा व्यवसाय तथा कार्यहरुलाई अझै १५ दिन यथावत राख्नुपर्ने जिकिर सहित मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अहिलेपनि सिनेमा घर, रात्रीकालिन व्यवसाय, सभा सम्मेलनहरु गर्न, विद्यालय सञ्चालन लगायतका कार्यहरु गर्न निषेध भइरहेका जनाएको छ ।

  त्यस्तै प्रवक्ता गौतमले मंसिर महिनापछि विद्यालय खोल्ने कुरा भईरहेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा लागू गरि कम विद्यार्थीहरु भएको ठाउँमा सञ्चालन गर्न सकिने निर्णय भएको बताए ।