शुक्रबार, बैशाख १४, २०८१

उपत्यकामा थपियो १ हजार १७७ जना संक्रमित

काठमाडौं असोज १७ ,

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १२० जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा १२ हजार ९ सय ७८ जनाको पीसीआर परीक्षणको क्रमममा थप २१ सय २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोभिड संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा पहिचान भएको कोभिड संक्रमित मध्ये काठमाडौं उपत्यकाका १ हजार १७७ जना रहेका छन । यसमध्ये काठमाडौंमा १ हजार १ जना, भक्तपुुरमा ६७ जना र ललितपुरका १०९ जनामा गरी कुल १ हजार १७७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।  त्यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय २ रहेको छ । त्यस्तै संक्रमित मध्ये उपचारपछि थप २ हजार ४४ जना उपचारपछि संक्रमित डिस्चार्ज भएसंगै संक्रमण मुक्त हुनेको संख्या ६२ हजार ७४० पुगेको छ ।

साथै पछिल्लो समय सक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ५२८ पुगेको मन्त्रालयले जनाएको छ ।