शनिबार, बैशाख १५, २०८१

उपत्यकामा २ सय ५२ सहित थपिए ५७० जना संक्रमित ,थप १४ को मृत्यु

काठमाडौं कार्तिक ११,

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा २ हजार ७ सय २५ जनाको स्वाव परीक्षणको क्रममा  ५ सय ७० जनामा कोभिड संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज पहिचान भएका कोभिड संक्रमित मध्ये काठमाडौ उपत्यकाका मा २ सय ५२ जना रहेका छन । यसमध्येपनि काठमाडौमा २२५ जना, भक्तपुरमा ४ जना र ललितपुरमा २३ जना रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै ३ हजार १ सय ६८ जना कोभिड संक्रमित उपचारपछि डिस्चार्ज भएसंगै नेपालमा कोभिड संक्रमण मुक्त हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ पुगेको छ । साथै संक्रमणकै कारण १४ जनाको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ । त्यस्तै आइसोलेसनमा ४० हजार ६ सय ८१ र क्वारेन्टिनमा २ हजार ९ सय ३२ जना रहेका छन् ।