शनिबार, बैशाख १५, २०८१

नयाँ मर्यादाक्रममाथि आयोगको गम्भीर ध्यानाकर्षण

काठमाडौ माघ ४, निर्वाचन आयोगले सरकारले तोकेको नयाँ मर्यादाक्रममाथि आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मर्यादाक्रम निर्धारण गर्दा परम्परा, प्रचलित कानून, पदको भूमिका र गरिमालाई आधार मान्नुपर्नेमा कुनै मापदण्डविना कसैलाई माथिल्लो क्रममा राख्ने अभिष्टले गलत निर्णय भएको भन्दै विमति जनाएको छ ।

आयोगको आज बसेको बैठकले मर्यादाक्रमलाई संशोधन गरी संवैधानिक निकायका पदाधिकारीलाई उक्त निकायका प्रमुखको लगत्तै पछाडि कायम गर्न गराउन आग्रह गर्ने निर्णय गरेको छ । आयोगले संवैधानिक संवैधानिक निकायका पदाधिकारीको मर्यादाक्रम सरकारका कर्मचारीभन्दा धेरै तल राखिनुले संवैधानिक पदको अपमान मात्र हुने नभई समग्रमा संवैधानिक निकायको संस्थागत गरिमा तथा मान–मर्यादामा समेत आँच आउने ठहर गरेको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा निर्धारण गरेको मर्यादाक्रमलाई संशोधन गरी संवैधानिक निकायका पदाधिकारीको मर्यादाक्रम उक्त निकायका प्रमुखको मर्यादाक्रमको लगत्तै पछाडि कायम गर्न गराउन निर्वाचन आयोगले सरकारसँग आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174