शुक्रबार, बैशाख १४, २०८१

ओली र प्रचण्ड विरुद्ध १ वर्ष कैद र रु १० हजार जरिवानाको माग गर्दै मुद्दा दायर

काठमाडौं कार्तिक १३, राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले आज सर्वोच्च अदालतमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र  माओवादी केन्द्रका अध्यक्षप्रचण्डविरुद्ध मुद्दा दायर गर्नुभएको छ ।

नेताशुक्लाले अध्यक्षद्वयले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि अलग अलग मतपत्र छाप्ने अदालतको निर्णयको सवालमा अलग अलग मतपत्र छाप्ने कार्य अगाडि बढाउन दिन नहुने भन्ने मनसायले सार्वजनिक भाषण गरेको गरेर अदालतको अनादर गरेर बोलेको भन्दै अपहेलनासम्बन्धी मुद्दा दायर गर्नुभएको हो । नेताशुक्लाले दायर गर्नु भएको मुद्धामा अदालतको अपहेलनाअन्तर्गत मुद्दामा एक वर्ष कैद र रु १० हजार जरिवानाको माग गर्नुभएको  प्राप्त समाचारमा उल्लेख गरिएको छ ।