शुक्रबार, बैशाख १४, २०८१

नक्कली डिएसपी थापा सक्क्ली प्रहरीको फन्दामा

काठमाडौ पुस २७, महानगरीय प्रहरी परिसर काठमाडौँले प्रहरी नायब उपरीक्षक बनेर धाकधम्की दिँदै ठगी गर्ने भक्तपुरका ३५ वर्षीय अनिल थापालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार थापाले ठमेल तथा दरबारमार्गका विभिन्न होटल, रेष्टुराँमा डिएसपी हुँ भन्दै धाकधम्की दिँदै हिँडेका बिहीबार पक्राउ गरेको जनाउँदे आज सार्वजनिक गरेको हो ।

त्यस्तै प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होवीन्द्र बोगटीले कमलादीस्थित तिरुपति होटलमा विगत १४ दिनदेखि कोठा नं २०३ मा बसेर आफू प्रहरीको बहालवाला डिएसपी भनी नक्कली परिचयपत्र देखाई आपराधिक क्रियाकलाप गर्दै आएको अनुसन्धानमा खुलेको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174