शुक्रबार, बैशाख १४, २०८१

छारो हालेर कहिलेसम्म जनता गाल्ने ? 

 -राजन कार्की-

 सत्ता राजनीति झुक्याउने रोगबाट ग्रसित छ । पृथ्वीनारायण शाहको निधनपछिका पुस्ताले झुक्याउन थालेका र झुक्याएरै जंगबहादुर सत्तामा आएका हुन् । यो क्रम भारतले नेपाललाई झुक्याएर १९५० को सन्धि गरेपछि झन बढ्यो र त्यसपछि पञ्चायत, बहुदल र अहिलेको लोकतन्त्रमा पनि झुक्याउने निरन्तरता जारी नै । जनता झुक्यानमा पर्छन् र लामो समय सहन्छन् ।

त्यसपछि एउटा आन्दोलन र परिवर्तनको हावा चल्छ र परिवर्तन हुन्छ । परिवर्तनको चास्नी परिवर्तनका संवाहक जनताले कहिले पनि देख्न, भोग्न पाएनन् । ०३६ सालको परिवर्तनपछि सुध्रिन्छु भनेर पञ्चायतले झुक्यो, ०४६ पछिको १२ वर्ष जनता झुक्याएर बहुदलीय कालरात्रि नै साबित भयो । वीचमा राजाको प्रत्यक्ष शासन आएको थियो, अनेक कारणसहित जनयुद्ध र जनआन्दोलनको नयाँ रसायन खडा गरेर अस्त्र निर्माण गरियो र राजतन्त्रको बिरासत ध्वस्त पारियो । यही मेसोमा हिन्दुराष्ट्र समाप्त पारेर धर्मनिरपेक्ष राष्ट्र घोषणा गरियो, जुन २०७२ साल असोज ३ गते घोषणा गरिएको संविधानमै उल्लेख गरेर जनतालाई झुक्याइयो । जनता यसकारण झुक्किए कि जनताले कहिले पनि राजतन्त्र र हिन्दुराष्ट्र समाप्त पार्ने जनादेश दिएकै थिएनन् । यति ठूलो राजनीतिक झुक्यानमा पर्दा समेत सार्वभौम जनताले राजनीतिक दलका नेताहरुको किलकिले समात्ने बलसहितको प्रश्न गरेनन्– कुन जनबलले यति ठूलो राष्ट्रिय परिवर्तन गरियो ?

जनतामाथि भ्रमको छारो हाल्नेहरु लामो समय सत्तामा टिकेको इतिहास छैन । पेरुका फुजिमोरी हुन् कि इराकका सद्दाम हुसेन, जिम्बाब्बेका रोबर्ट मुगावे हुन् कि बाथरुमसमेत सुनका निर्माण गराउने शासकहरु हुन् । सबैको ढिलोचाँडो पतन भयो । रगतकै कुरा गर्ने हो भने एमालेले पनि जनताकै रगत बगाएको हो, माओवादी त १८ हजार जनताको मृत्युको कारण नै बन्यो । जनआन्दोलनको सफलताका कारणले गर्दा माओवादीले आफूलाई लोकतान्त्रिकरण गर्ने मौकामात्र पाएन, सत्ताको शिखरमै पुग्यो, ०६३ पछिका दिनमा सत्ता र सत्ताको करिडर माओवादीको पुतलीबगैंचा बनेको छ । ठूला पार्टीहरुलाई देशको चिन्ता हुनुपर्ने हो । न केही गर्ने भोक देखियो, शोक न सुर्तामा यिनको आनन्दमय राजनीतिक व्यापार चलिरहेको छ । लोकतन्त्रमा लोकको उज्यालो अनुहार हुनुपर्ने हो, लोक मलिन अनुहार लगाएर निराश देखिन्छ, सत्तामा पुग्नेहरुको अनुहार पो उज्यालो देखिन्छ ।

राजनीतिक दलहरु भ्रष्टाचार गर्ने र भ्रष्टाचारमा मुछिएकाहरुले चोखिने सपनतीर्थ बनेका छन् । जबसम्म भ्रष्ट अनैतिक चोखिने सपनतीर्थ कायम रहनेछ, तवसम्म मुलुकले स्थिरता, सुशासन र सम्पन्नताको कल्पना गर्नु निरर्थक हुनेछ । गोलघरमा १४ वर्ष जीवन बिताएका व्यक्ति प्रधानमन्त्री बनेका छन्, उनले समेत गोलघरमा हाल्नुपर्नेलाई सत्ताको सुनपानी छर्केर चोख्याउने कसरत थाल्छन् भने देशको भविष्य उज्ज्वल छ भन्न सकिन्न ।  यिनै प्रधानमन्त्रीले २०७२ असोज २५ देखि २०७३ साउन १९ गतेसम्म सत्ताधारी बनेको समयमा भनेका थिए– अव हावाबाट बिजुली निकाल्छु, हिन्द महासागरमा नेपाली ध्वजाबाहक पानीजहाज चलाउाछु, घरघरमा ग्यासका पाइप जोडिदिन्छु । जनताको आँखामा सुशासन र सम्पन्नताको सपना देखाएर वाममोर्चाले चुनाव जित्यो । फागुन ३ गतेदेखि फेरि सत्ताको कमान हातमा लिन तिनै सपनाधारी अ‍ोली सत्तामा पुगेका छन् । अव जनताले थाहा पाउनेछन्– केपी ओलीको बोली र विश्वास कति छ ? 

स्मरणीय के पनि छ भने सत्तामा पुग्न आधा भर्‍याङ चढ्दा चढ्दै ओलीले कालो धनलाई शुद्धिकरण गर्न एक मौका दिने जुन अभिव्यक्ति दिए, त्यसबाट उनको सुशासनको आवरणमा कूशासनको सुरुआत भयो भन्ने आशंका बढेको छ । जहाँ आशंका हुन्छ, त्यहाा विश्वास खण्डीकरण हुन्छ र जनमानसमा ओली शासन पनि विधि कुल्चेर अघि बढ्छ कि, माफियाहरुको जालोमा पर्‍यो कि भन्ने प्रश्न उठिसकेको छ । स्थिरता देशको खाँचो हो । यो खााचोपूर्तिको पहिलो अध्याय वाममोर्चाको व्यवस्थापन, तिनका नेता र कार्यकर्ता गणको सहयोग बिना सम्भव छैन । त्यसपछि अन्य राजनीतिक दलहरुसँग गरिने सहकार्य, अहंको त्याग र बिधिप्रतिको सम्मान हुन जरुरी छ । एमाले र माओवादी स् पहिलो र तेश्रो पार्टीको ध्रुविकरण सबैभन्दा बढी चर्चामा छ । एकता यिनको प्रयास त हो, कसको प्रेरणाले ? पार्टी नेतृत्वमा आफै हुनुपर्ने दमरोगजस्तो दीर्घरोगले पीडत कम्युनिष्टहरु भित्रभित्रै आलोपालो, दुबै अध्यक्ष हुने र भागबण्डा मिलाएर व्यवस्था गर्दै जाने र छिटो एकता महाधिवेशन गरेर पार्टी परिचालनको बिधि बसाल्ने सहमतिमा त पुगेका छन् तर जहाँ तेरोमेरो, यतिउतिको प्रश्न आउँछ, त्यहाा मनमुटाव र टुट्ने फुट्ने जोखिम ज्यादा हुन्छ । त्यसैले वाममोर्चाको एकीकरण फुटेको माटोको भाँडो जोडिएजस्तो हुनसक्छ । तत्काललाई राजनीतिक र कूटनीतिक तरङ्ग ल्याउन त सफल भएका छन्, यो चुरीफुरीको आयु लामो होलाजस्तो कसैलाई पनि लागेको छैन ।

मुख्य विवाद एउटा माओवाद भन्छ, अर्को जनताको जनवाद । यही भुमरीमा अहिलेको सहमति पर्नसक्छ । बााकी नेताहरु र तिनको महत्वाकांक्षा व्यवस्थापन कसरी सम्भव होला र रु शीर्ष नेतृत्व त्याग गर्न नसक्ने, अन्य तहका नेताले मात्र त्याग गर्नुपर्ने विषयले ठूलो रडाको मच्चिने निश्चित छ । यो पनि छारो हालेर सत्ता चलाउने र लम्ब्याउने चटके तरिका मात्र हो । कम्युनिष्टहरुको एकताको जग कस्तो रु मेडिकल माफिया, ठेकेदारका घरघरमा पुगेर अशान्त वार्ता र शान्त भोजनबाट सुरु भएको देखिन्छ । जुन एकताको शुत्रको खोजी व्यापारीका भोजनबाट हुन्छ, त्यो भोजनले शुत्रधारको मन र मष्तिष्कमा कुन प्रकारको उर्जा दिन्छ होला रु सरकारी साधनस्रोत छन्, आफ्ना घरआँगन छन्, दुबै पार्टीका कार्यालय छन्, ती सबै छोडेर व्यापारी र व्यवसायीकै महलमा गरेको वार्ता र एकताले देश र जनताको सपना साकार पार्ने योजना कसरी बनाउन सक्छ ?
कम्युनिष्टहरुले चुनाव जितेका छन्, उनीहरु हौसिनु स्वभाविक हो । त्यो हौसला देशको कूशासन हटाउनतिर उन्मुख हुनुपर्छ । तिनको मुख त माफिया र व्यापारीसँग चोचोमोचो मिलाउनतिर लागेको देखिन्छ । यो कुरुप र भद्दा परिदृश्य भनेको विहानले दिनको मौसमको अनुमान गर्न सकिने पर्याप्त आधार हो । आउने दिनमा पार्टी एकता होला, तर यी सत्ताधारी दुबै पार्टीमा माफिया र व्यापारीको पहुाच सरल हुन्छ भन्ने प्रत्याभूति पनि हो ।  गाउँ गाउँमा सिंहदरवार पुर्‍याउँछु भन्नेको उठबस, कानुखुशी व्यापारी र माफियासँग हुन्छ भने सुशासन र सम्पन्नता कसका लागि आउँदैछ ? आमनागरिकका लागि कि व्यापारी र कमिशनखोरका लागि रु भ्रष्टाचार शासन प्रशासनलाई ऐंजेरु बनेर खाइरहेको छ । जुन फोहर सफा गर्छु भनेर वाममोर्चाले लोकसँग लोकप्रिय मत मााग्यो र जनताले दिए, त्यो लोकप्रिय मतको लाभ व्यापारी र माफियाले अहिले देखि नै उठाउन थालिसके ।  फेरि पनि जनताको आँखामा अन्याय र आँसु ?  जनआन्दोलनको सफलतापछिका १२ वर्ष मज्जाले जनतालाई झुक्याए । अव त जनतालाई नझुक्याउ । कुनै विद्वानले धेरै पहिले भनेका थिए– खालीपेटले बुद्धिमानीको बाचा तोडाउन सक्छ । हाम्रा नेताहरु यति धनी छन् कि उनीहरुको पेट भोको छैन । भोको सत्ता र शक्तिको हो, त्यो पनि उनीहरुको हातमा आइसकेको छ । यो स्थितिमा चुनावका बेलामा घोषणापत्रमार्फत गरेका बाचाहरु तोड्नुपर्ने कुनै आवश्यकता थिएन । र, नेताहरु जनताले तिरेको कर चुसी चुसी यति सबल र सम्पन्न भइसकेका छन् कि तिनलाई धनबल, बाहुबल, शक्तिबल देखाउनुपर्ने र ढाँट्नुपर्ने आवश्यकता पनि छन् । मिलेर पाँचवर्ष शासनाधिकारी बनेका छन्, यो अवसरको सदुपयोगले यिनीहरु राजनेता बन्न सक्छन्, देश र जनताको आस्था र विश्वास जित्न सक्छन् । सम्मान आफैले आर्जन गर्नुपर्ने हो, आर्जन गर्नसक्छन् । फेरि किन लोभलालच र आफ्नो कद आफैले घटनाउने काम गरिरहेका हुन् ? 

नेपालीमा उखान छ– वनको चरो वनमै रमाउँछ । जनता चुसेको दाग लागेकाहरुले नानीदेखि लागेको त्यही बानी देखाएको त होइन रु हाम्रो एउटै सल्लाह छ– राजाको काम छाडी कामीको देवाली उखानजस्तो चरित्र नदेखाउनु उचित हुनेछ । जनता पटक पटक नेताका झुक्यानमा परेका छन् । नेता र पद्धतिले देखाएका सपनामा जनताले विश्वास गरेर झुक्यानमा परेका हुन् । लोकतन्त्रले पनि आशा र सपना देखाएको छ । अव जनताको सम्मान हुनेछ, अवसर मिल्नेछ भनिएकै हो । चुनावपछिको सरकारले शान्ति, स्थिरता र सम्पन्नताका लागि काम गछ, संविधान कार्यान्वयन भएर कानुनको शासन चल्छ भनिएको छ । यो भनाइ कार्य रुपमा उतार्न नेताहरुमा नैतिक धरातल बलियो देखिनुपर्छ । निष्ठामा पहिरो जाने काम गर्ने अनि भन्ने, सुशासन र सम्पन्नता ल्याउँछौं । अव त नझुक्याउ ।