बिहिबार, बैशाख २०, २०८१

दोलखा मत्स्येन्द्रनाथको जात्रा

काठमाडौं बैशाख १५, दोलखामा मनाइने विभिन्न जात्राहरू मध्य ९ दिन सम्म परम्परागत रूपमा मनाउदै आइरहेको मच्छिन्द्रनाथ जात्रा प्रमुख जात्राको रुपमा रहेको छ । यो जात्रा चैत्र पूर्णिमा बाट आरम्भ भइ दोलखा नगरको सबै टोल परिक्रमा गरी ९ दिनसम्म  मनाइन्छ ।  मत्स्येन्द्रनाथलाइ मुलत नाथ सम्प्रदायका प्रमुख देवताका मानिइपनि ने सबै धर्मावलम्बीद्वारा समान रूपले पूर्ण आस्था विस्वासकासाथ पुजिनु नै मुल विशेषता रहेको पाइन्छ ।

तर यस पटक जात्रा मनाउँने क्रममा मत्स्येन्द्रनाथको रथ पल्टिएको थियो । यसरी रथ पल्टिनुलाइ कसैले अनिष्टको संकेत भनेका छन भने कसैले रथ तान्ने मार्गको असहजताका कारण रथ पल्टिएको बताएका छन ।