शुक्रबार, बैशाख १४, २०८१

खुल्लामञ्चअतिक्रमण विरुद्ध धावा वोल्न कडा निर्देशन दिनु भएकोमा प्रम ओलीलाई धन्यवाद: नेता प्रधान

काठमाडौ बैशाख १४ ,शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी ओलीले खुल्लामञ्च अतिक्रमण विरुद्ध धावा वोल्न कडा निर्देशन दिएसंगै खुल्ला मञ्चका अनाधिकृतरुपमा  बनाईएको  सटर हटाईएको भन्दै प्रधानमन्त्री ओलीलाई नेता प्रधानले धन्यवाद दिएका छन् ।

त्यस्तै उहाँले शुक्रवार दवाव समूहको तर्फबाट महानगर प्रमुखलाइ बैशाखभित्रमा टुँडिखेलको अतिक्रमण हटाउँन ध्यानाकर्षण गराईएको भोलीपल्टै खुलामञ्च अतिक्रमण गरेर बनाईएका सटर काठमाडौं महानगरपालिकाले डोजर चलाउँदै भत्काउँनु स्वागत योग्य विषय भएको भन्दै यसमा सञ्चारमाध्यमले खेलेको भूमिका तारिफयोग्य रहेको बताउँनु भएको छ ।

कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद विराजभक्त श्रेष्ठ , सेभ भ्याली नेपालका अध्यक्ष राजाराम तण्डुकार, खुल्लामञ्च बचाउ अभियानका संयोजक सुसन बैद्य, काठमाडौं–२८ नम्बर वडाका वडाअध्यक्ष भाईराम खड्गी र सम्पदा बचाउ अभियान संघर्ष समितिका अध्यक्ष गणपतिलाल श्रेष्ठले खुल्लामञ्चका सटर हटाउनको लागि मिडियाको ठूलो भूमिका खेलकोमा मिठियालाइ धन्यवाद दिदै भूमाफियाहरुकोविरुद्ध आन्दोलन सफल भएको अभिमत राख्दै यस्तै प्रवृतिका अन्य अतिक्रमण विरुद्ध पनि समथ र सहयोगको लागि आव्हान गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।