शनिबार, बैशाख ८, २०८१

दोलखामा  यसरी  मनाइयो मत्स्येन्द्रनाथको जात्रा(फोटो फिचर)

काठमाडौं बैशाख १५, / अनुप प्रधान
सहकालका देवताका रूपमा पुजिने ललितपुरको रातो मत्स्येन्द्रनाथ र काठमाडौको सेतो मत्सेन्द्रनाथसंगै लिच्छवीकालीन र मल्लकालीन समयमा स्थापित भएका दोलखाको रातो मत्स्येन्द्रनाथको जात्रा पनि निकै महत्वपूर्ण रहेको छ । दोलखामा मनाइने विभिन्न जात्राहरू मध्य ९ दिन सम्म परम्परागत रूपमा मनाउदै आइरहेको मच्छिन्द्रनाथ जात्रा प्रमुख जात्राको रुपमा रहेको छ । यो जात्रा चैत्र पूर्णिमा बाट आरम्भ भइ दोलखा नगरको सबै टोल परिक्रमा गरी ९ दिनसम्म  मनाइन्छ ।  मत्स्येन्द्रनाथलाइ मुलत नाथ सम्प्रदायका प्रमुख देवताका मानिइपनि ने सबै धर्मावलम्बीद्वारा समान रूपले पूर्ण आस्था विस्वासकासाथ पुजिनु नै मुल विशेषता रहेको पाइन्छ ।

त्यस्तै मत्स्येन्द्रनाथलाई महिला र पुरुष दुवै देवको रूपमा मानिन्छ। पुरुषलाई गरिने कर्मकाण्ड र महिलालाई गरिने कर्मकाण्ड इही गुफा राख्ने जस्ता कार्य पनि गरिन्छ। हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीलाई धार्मिक समन्वय गरी समाजमा मिलेर बस्न र शान्ति स्थापनाका लागि यो जात्राले ठूलो भूमिका खेलेको पाइन्छ ।

तर यस पटक जात्रा मनाउँने क्रममा मत्स्येन्द्रनाथको रथ पल्टिएको थियो । यसरी रथ पल्टिनुलाइ  कसैले अनिष्टको संकेत भनेका छन भने कसैले रथ तान्ने मार्गको असहजताका कारण रथ पल्टिएको बताएका छन ।

जात्राको सवालमा प्राप्त् पछिल्ले प्रमाण अनुरूप विस। १६३८ (नेस ७०१) चैत्र कृष्ण पक्ष परेवाका दिनमा ओमवहालका भिक्षुहरूले चढाएको सुर्वण प्रभा र छत्र देखिन आए पनि दोलखाको मच्छिन्द्रनाथ रथ जात्रा विसं १५७५ देखि राजा नन्ददेवले सुरू गरेको मानिन्छ । रथ तान्ने जात्रा निरन्तर गर्न करिब वि।सं। १६५० ताका राजा वासुदेवले विभिन्न स्थानमा गुठी स्थापना गरी आयस्थाको बन्दोबस्त गरेका थिए । अहिले त्यो स्रोत गुम्दै गएपछि जात्रा चलाउन निकै कठिन परेको र बस्ती विस्तारले रथ तान्न कठिन पर्न थालेपछि २०३९ देखि ०५३ सालसम्म रथयात्रा रोकिएको थियो । तर पछि स्थानीयको पहलमा जात्रा  पुन सुभारम्भ गरिएको बुझिएको छ ।

त्यस्तै चैत्र पूर्णिमाको दिन रातो मच्छिन्द्रनाथलाई गुरुजुंले पानी र दुधले महास्नान गरी पूजा गरेर जात्रा आरम्भ गरिन्छ । त्यसको भोलीपल्ट रथलाई डोकलुंगाटोलबाट पिङल टोल सम्म रथ तानेर जात्रा गरिन्छ । त्यसपछि क्रमैसँग पिङल टोलवाट नकछेँ टोल नकछेँ टोलवाट कोर्छेटोलः कोर्छेटोलवाट टसिचाटोल टसिचाटोलवाट माथिल्लो बुद्धस्तुपा बुद्ध स्तुपाबाट दुंगलटोल हुंदै दुंगलटोलबाट पिङल टोलमा रथ पुर् याएर जात्रा सम्पन्न गरिन्छ।राजकुलेश्वरबाट स्वयम्भूमा रथ पुर्‍याउने निकै कठिन मानिन्छ । टासिचाको रास्नीको उकालोमा रथ तान्नुपर्ने भएकाले परदेश बसेका दोलखा बजारका व्यक्तिहरू र चेलीहरूसमेत त्यस दिन आइपुग्छन् । दोलखा बजारमा विशेष पर्व मानिने यो दिन उपत्यकाबाट नेवारी समुदायहरूको विशेष उपस्थिति हुन्छ । उक्त दिनलाई जात्राको विशेष दिन मानिन्छ । खचाखच भरिएका जात्रे र अन्य सहयोगीको बलमा रथलाई स्वयम्भू पुर्‍याएपछि कठिन कार्य सम्पन्न मानिने र स्वयम्भूबाट भोलिपल्ट रथलाई दुंगल टोल लगिन्छ । त्यसको भोलि पुनः पिंगलमा विश्राम राखेको रथबाट जात्राको अन्तिम दिन रातो मच्छिन्द्रनाथलाई रथबाट निकाली विधिपूर्वक पुजा गरेर देवताको मूर्तिलाई बोकी दोलखा बजारको मूल बाटो परिक्रमा गराई जात्रा समापन गर्ने गरिन्छ ।

तर यस पटक जात्रा मनाउँने क्रममा मत्स्येन्द्रनाथको रथ पल्टिएको थियो । यसरी रथ पल्टिनुलाइ लाइ कसैले अनिष्टको संकेत भनेका छन भने कसैले रथ तान्ने मार्गको असहजताका कारण रथ पल्टिएको बताएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।