बिहिबार, बैशाख २०, २०८१

१० र २१ गते सार्वजनिक बिदा दिन सरकारसँग आग्रह

 काठमाडौ मंसिर १,  निर्वाचन आयोगले आगामी मंसिर १० गते पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन र मंसिर २१ गते ४५ जिल्लामा हुने दोस्रो चरणको निर्वाचनको दिन हु सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको छ ।

आयोगले आज जारी विज्ञप्तिमा मतदानका दिन सार्वजनिक यातायातका साधन सञ्चालन नहुने र अधिकांश कर्मचारी निर्वाचन सञ्चालन एवं व्यवस्थापनमा खटिने भएको हुँदा मतदानका दिन सरकारी कार्यालय, अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन गृहमन्त्रालयलाई आग्रह गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा निर्वाचनमा अधिकांश मतदान केन्द्र सामुदायिक तथा संस्थागत विद्यालय तथा क्याम्पसमा रहेका भन्दै पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मंसिर ७ देखि १० गतेसम्म र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मंसिर १८ देखि २१ गतेसम्म विद्यालय र क्याम्पसमा सार्वजनिक बिदा दिनसमेत सरकारसँग आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।