शनिबार, बैशाख ८, २०८१

उम्मेदवार लक्षित हिंसात्मक घटनाप्रति आयोगद्दारा दुःख व्यक्त

काठमाडौं मंसिर १, निर्वाचन आयोगले आ एक विज्ञप्ति जारी गर्दै देशका केही स्थानमा उम्मेदवार लक्षित हिंसात्मक घटना भएकामा दुःख व्यक्त गरेको छ ।  देशभर व्यवस्थितरुपमा निर्वाचनको अभियान सञ्चालन भइरहेको अवस्थामा मतदाता, उम्मेदवारलाई हतोत्साहित गर्ने तथा निर्वाचनका गतिविधिमा नकारात्मक असरपर्ने खाले गतिविधि नगर्न, नगराउन सम्बद्ध सवैमा आग्रह गर्दै जनचाहनाविपरीतका हिंसात्मक घटना गराउनु दुःखद्पूर्ण रहेको आयोगले जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा निर्वाचनका लागि सरकारले बनाएको निर्वाचन सुरक्षा योजनाप्रति विश्वस्त रहेको जनाउँदै आयोगले केहि दिन यता देशका विभिन्न ठाउँमा भएका घटनाक्रमबाट उम्मेदवारले शान्तिपूर्णरूपमा प्रचारप्रसार गर्न पाउने अधिकार र मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउने नैसर्गिक अधिकारमा बाधा व्यवधानले स्तब्ध तुल्याएको उल्लेख गर्दै बेलैमा थप सुरक्षा सतर्कता अपनाउन सरकारसँग आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।