बिहिबार, बैशाख २०, २०८१

पूर्वप्रमुख अर्याल माथि अकूत सम्पत्ति आर्जन मुद्दामा अख्तियारद्दारा छानबिन

महानगरपालिकाका दुई डीएसपी सापकोटा र पाण्डे पनि छानविनको दायरामा

काठमाडौ कार्तिक १९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका पूर्वप्रमुख उपेन्द्रकान्त अर्यालविरुद्ध परेको अकूत सम्पत्ति आर्जनको मुद्दामा छानबिन सुरु गरेको छ । अर्यालमाथि अकूत सम्पत्ति आर्जन गरेको उजुरीलाई आधार मान्दै अख्तियारले बयानका सहित अख्तियारले १३ पन्ने सम्पत्ति विवरण पनि भराएको थाहाभएको छ ।

यसैवीच अख्तियारले सचिव गजेन्द्र ठाकुर र काठमाडौं महानगरपालिकाका दुई डीएसपी धनपति सापकोटा र राजुनाथ पाण्डेमाथि पनि छानविन थालेको छ । अकूत सम्पत्ति आर्जनको आशंकामा अख्तियारले डेढ सयभन्दा बढीमाथि अनुसन्धान सुरु गरेको अऋितयार स्रोतले जनाएको छ ।