शनिबार, बैशाख ८, २०८१

प्रदेश र प्रतिनिधिसभा निर्वाचन: प्रत्यक्षतर्फका उम्मेदवारहरुको अन्तिम सूची प्रकाशन

  मनोनयन गरेका ४ हजार ७४७ उम्मेदवार मध्ये २६४ जना उम्मेद्वारको सूचीवाट हटे, २६४ जनामध्ये ४ जनाको उम्मेद्वारी खारेज, २ जनाको उम्मेद्वारी रद्द र २५८ गरे उम्मेदवारी फिर्ता

काठमाडौ कार्तिक १९, निर्वाचन आयोगले मंसीर २१ गते हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका प्रत्यक्षतर्फका उम्मेदवारहरुको अन्तिम सूची प्रकाशन गरेको छ । निर्वाचन आयोगले दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको कार्यतालिकाअनुसार निर्वाचन आयोगले आइतबार उम्मेदवारको नाम फिर्ता तथा अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्ह वितरणको कार्य गरेको हो।

यसवीचमानै अन्तिम नामावलीअनुसार गत मंसीर १६ गते मनोनयन दर्ता गरेका ४ हजार ७४७ उम्मेदवार मध्ये २६४ जना उम्मेद्वारको सूचीवाट हटेको आयोगले जनाएको छ । आयोगका अनुसार २६४ जनामध्ये ४ जनाको उम्मेद्वारी खारेज, २ जनाको उम्मेद्वारी रद्द र २५८ जनाले उम्मेदवारी फिर्ता लिएको जनाउँदै थप अन्य जिल्लाको पनि विवरण आउन बाँकी रहेको आयोगले जनाएको छ ।  त्यस्तै निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको प्रत्यक्षतर्फको मतपत्र छपाइसम्पन्न भएको पनि जनाउँदै निर्वाचन हुने १३ जिल्लामा छपाइ गरिसकेका मतपत्र ढुवानी समेत गरिसकेको जनाएको छ ।