मङ्लबार, बैशाख २५, २०८१

त्रिशूली बस दुर्घटनामा एकै परिवारका ५ जना सहित मृत्यु हुनेको संख्या ३० पुग्यो

पछिल्लो अपडेट:

  • राष्ट्रपति र उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

  • प्रधानमन्त्री देउवाद्दारा दुःख व्यक्त

  • १६ जना घाइते मध्ये गम्भीर घाइते रहेका दुई जनाको काठमाडौंस्थित ट्रमा सेन्टर उपचार हुँदै

  • गृहका सहसचिव मानबहादुर विकको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन

काठमाडौं कार्तिक ११, अधिकांस दीपावली र छठ पर्व सम्पन्न गरि काठमाडौं फर्कर्ने क्रममा रहेका यात्रु सहित राजविराजबाट काठमाडौं गुडेको ना ६ ख १४६७ नं यात्रुबाहक बस आज बिहान धादिङको गजुरी गाउँपालिका–५ स्थित त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा सप्तरीका झन्डै डेढ दर्जन व्यक्तिको मृत्यु भएको छ ।

दुर्घटनामा राष्ट्रिय वाणिज्य बैक गौशाला शाखाका प्रबन्धकका रूपमा कार्यरत सञ्जिव झासहित उहाँकी पत्नी सिमीकुमारी झा, १० वर्षीय छोरा अभिनव, चार वर्षीय छोरा प्रतीक र भाइ अनजीत तथा साली पूजा झा र सालो बिटु झाको मृत्युभएको भएको छ ।  त्यस्तै घटनामा हालसम्म ३० जनाको घटानस्थलमै मृत्यु भएको र १६ जना घाइते भएको जानकारी प्राप्त भएको जनाउँदै गृह मन्त्रालयले गम्भीर घाइतेमध्ये दुई जनालाई ट्रमा सेन्टर काठमाडौँमा र अन्य घाइतेलाई गजुरीस्थित अस्पतालमा उपचारका हुँदै गरेको  जानकारी दिदै  खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन र घाइतेको उचित उपचारको प्रबन्ध गर्ने व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

यसैवीच राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी राजमार्ग अन्तर्गत  त्रिशुली नदीमा आज विहान भएको यात्रु बस दुर्घटनामा परी जीवन गुमाएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मृतकका शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको राष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएक�� छ ।

दुर्घटनामा परी बेपत्ता हुनेहरुको छिटो खोजी कार्य गर्नसमेत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै राष्ट्रपति भण्डारीले उद्धार कार्यमा संलग्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी तथा स्थानीयजनप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।  त्यस्तैगरि उपराष्ट्रपति नन्दबहादुर पुनले पनि  विज्ञप्ति जारी गर्दै    त्रिशूली नदीमा बस खसेर दुर्घटना हुँदा भएको ठूलो मानवीय क्षतिप्रति  दुःख व्यक्त गर्दै उहाँले उक्त दुर्घटनामा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

  प्रधानमन्त्री शेरबहादुर देउवाले   बस   दुर्घटना हुँदा धेरै यात्रुले ज्यान गुमाएको समाचारले आफूलाई अत्यन्तै मर्माहत र दुःखी बनाएको बताउँदै घटनाप्रति दुःख व्यक्त गर्दै घटनामा ज्यान गुमाउन पुगेका सबै यात्रुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । त्यस्तै प्रधानमन्त्रीले उद्धार कार्यमा संलग्न स्थानीय प्रशासन, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बललाई थप प्रभावकारी खोज कार्य गर्दै हराइरहेका यात्रुको खोजी गर्न निर्देशनसमेत दिनुभएको छ ।  साथै सरकारले बस दुर्घटना छानबिनका लागि गृह मन्त्रालयका सहसचिव मानबहादुर विकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्माका अनुसार उक्त छानबिन समितिमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी बलका वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक  सदस्य रहनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2017
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30