मङ्लबार, बैशाख १८, २०८१

वरिष्ठ पत्रकार प्रधानको निधनको दुःखद खबरले महासङ्घ स्तब्ध

काठमाडौ असोज २२ , नेपाल पत्रकार महासङ्घले वरिष्ठ पत्रकार गणेशबल्लभ प्रधानको निधनप्रति दुःख व्यक्त गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज एक विज्ञप्ति जारी गर्दै प्रधानको निधन भएको दुःखद खबरले महासङ्घ स्तब्ध भएको जनाउँदै उहाँकोे निधनबाट नेपाली पत्रकारिता जगत्ले अनुभवी पत्रकार गुमाएको उल्लेख गर्नुभएको छ ।  श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित ८३ वर्षीय प्रधानको शनिबार उपचारका क्रममा निधन  हो ।

यसैवीच महासङ्घले आजै हर्को विज्ञप्ति जारी गर्दै कालीकोट शाखाका सभासद् अर्जुनप्रसाद भट्टराईमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । नागरिकको सुसूचित गराउने जिम्मेवारी बहन गर्ने पत्रकारमाथि भएको आक्रमणको भत्र्सना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै पत्रकारलाई स्वतन्त्र र निर्भिकताका साथ पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराईएको गरेको छ ।

विज्ञप्तिमा उल्लेखभएअनुसार पत्रकार भट्टराईलाई असोज २० गते स्थानीय तीनजना युवाले कालीकोटको मान्मस्थित पुरानो बसपार्कनजिक आक्रमण गरी घाइते बनाएका थिए । उहाँको अहिले बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा उपचार भइरहेको उल्लेख गरिएको छ ।