जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा कार्की

काठमाडौ भाद्र १८, जिल्ला होटल व्यवसायी संघ, काठमाडौंको शनिवार सम्पन्न प्रथम साधारणसभाले शैलेश कार्कीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिति 20170902_133211सर्वसम्मत रुपमा चयन गरेको छ ।

कार्यक्रममका प्रमुख अतिथि सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले सभाको औपचारिक उद्घाटन गर्दै सिंगो देशको राजधानी तथा पर्यटकहरुको पनि केन्द्र रहेको काठमाडौंमा छरिएर रहेका होटल व्यवसायीहरुको छाता संगठनको रुपमा गठित जिल्ला होटल व्यवसायी संघ काठमाडौंको अत्यन्तै ठूलो भूमिका रहने बताउँदै समुदायमा रहेका विसंगती र विकृतिहरुलाई हटाउनका लागि पनि यो संघले भूमिका खेल्ने विश्वास लिएको व्यक्त गर्नु भएको थियो ।  त्यस्तैगरि कार्यक्रमका विशिष्ट अतिथिहरुमा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल, काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशी लगायत विभिन्न संघ संस्थाका प्रमुखहरुले साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

20170902_220259-1साधारणसभाको उद्घाटन सत्रपछि निर्वाचनको क्रममा सर्वसम्मतिबाट ३१ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको हो ।  यसरी चयन गरिएको कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा टिका बहादुर रायमाझी, उपाध्यक्षहरुमा डि.बि. राई, माया गुरुंग, दामोदर नेपाल, बीर बहादुर खतिवडा, रामसागर मण्डल, दीर्गमान गुरुंग निर्वाचित भएका छन् भने महासचिवमा ऋषि कुमार चौलागायी, उप महासचिवमा तिलक कार्की, सचिवमा लक्ष्मी भण्डारी ओली, सहसचिवमा गणेश श्रेष्ठ, कोषाध्यक्षमा भविश्वर दुबे, सहकोषाध्याक्षमा शिवलाल गिरी, सदस्य खुल्ला तर्फ होम बहादुर भट्टराई, राम प्रसाद भुषाल, टेकनाथ अधिकारी, प्रकाश रावत, लव कुमार चौधरी, खुमाकान्त पोखरेल, गोविन्द प्रसाद मरासनी, जय कुमार राई, विष्णु प्रसाद पौडेल, सन्तोष गिरी, टिका गिरी र लक्ष्मी गुरुंग तथा सदस्य सभावेशी तर्फ दिपक कुमार राई, पूर्ण बहादुर गुरुंग, कुमार वि.क. रविन र सदस्य महिला तर्फ सुनिता पौडेल र शिलादेवी गुरुंग रहनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2017
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930