शुक्रबार, चैत्र १६, २०८०

वनस्थलीबाट प्रतिबन्धीत भारतीय नोट सहित शर्मा र भण्डारी पक्राउ

काठमाडौं भाद्र १८, नेपाल प्रहरीको महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले भारत सरकारले प्रतिबन्ध लगाएका १ हजार र ५ सय दरका पुराना नोट बरामद pakrawगरेको छ ।  विशेष सूचनाका आधारमा प्रहरीले राजधानीको वनस्थलीबाट भारतीय नोट रु ६८ लाख २० हजार रुपैयाँ बराबरका भारतीय नोट सहित बाँके कोहलपुरकी कृष्णकुमारी शर्मा र गोरखाका अर्जुन भण्डारीलाइ  पक्राउ गरिएको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जना रकमका मालिक भने हैनन् । उनीहरुलाई अन्य कुनै व्यक्तिले रकम साट्न पठाएको अवस्थामा पक्राउ परेका जनाउँदै छ । हुन् । प्रतिबन्ध भारतीय नोट नेपाल भित्र्याउने कार्यमा संलग्न रहेकाहरुका गिरोहको खोजी भइसकेको प्रहरीले जनाएको छ ।