मङ्लबार, जेष्ठ १, २०८१

नियमावली संशोधन मार्फत प्रहरी महानिरीक्षक हटाउन खेल

काठमाडौं कार्तिक २६ , प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई नियमावली संशोधन मार्फत पदावधी घटाएर फ्याल्ने खेलको अन्तिम शृंखला कार्यन्वयन हुने संकेत देखिएको छ। प्रहरीको संघिय संरचना कार्यन्वयनका लागि भइरहेको छलफलमा अर्याललाई फुली बढाएर प्रहरी महानिर्देशक बनाउनु भन्दा उनलाई हटाएर upendra-kanta-aryal-555x335हालका एकजना एआई���ीलाई महानिरीक्षक र पछि महानिर्देशक बनाउने खेल अन्तिम चरणमा पुगेको स्रोतले दाबी गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल, माओवादी केन्द्रका केही नेता र नेपाली कांगे्रस सभापति शेरबहादुर देउवाबीच अर्याललाई हटाएर दुबै दलको सहमतिमा हालका एआईजीमध्ये एकलाई प्रहरी महानिरीक्षक र पछि प्रहरी महानिर्देशक बनाउने सहमति जुटेको हो। दुबै दलमा हालका एआईजीह आफैँ र आफू निकटस्थको सहयोगमा लबिङ गरिरहेका छन।

प्रहरी महानिरीक्षक अर्याल हटाउन प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवा र उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिवीच सहमती जुटाउन पहल भै रहेको स्रोतलाइ उदृत गर्दै नागरिक दैनिकले खवर छापेको छ । गृहमन्त्री निधिका पुराना सहयोगी भएका कारण अर्याललाई उनले राजीनामा दिएर निकास दिन आग्रह समेत गरेको स्रोतले जनाएको हो। पछिल्लो समय अर्याल र निधि बिच टिकापुर घटना, एसपी तानिएको बिषय र सरुवाका कारण सम्बन्धमा तिक्तता आएको अनुमान गरिएको थियो।  तर जनकपुरदेखिका असल सहयोगी रहेका अर्याल र निधिको सम्बन्ध भन्दा पनि लोकमान सिंह कार्की प्रकरणमा माओवादी केन्द्रका उच्च तहका नेता र केही ब्यापारीका कारण अर्याल हटाउने खेल घनिभुत हुन लागेको हो।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031