बिहिबार, बैशाख २०, २०८१

मेहन्दीको महिमा

काठमाडौं श्रावण २९,  श्रावण महिना सकिनैलाग्दा पनि महिलाहरू हातमा हरिया चुरा, गलामा पोते, हत्केलामा मेहन्दी लगाएर सजिँदैने क्रम anup_20150812_7अझै चल्दै छ । हरियो रंगलाई उर्वर मेहन्दीलाई प्रेमको प्रतीक पनि मानिन्छ भने रातोलाई सौभाग्यको प्रतिक । त्यसैले होला पूर्वीय समाजका महिलाहरुमा मेहन्दी र हरियो पहिरन सौन्दर्य प्रशोधनको सामग्री जस्तै बनेको छ । मेहन्दी एकै प्रकारको हुने भए पनि यसको प्रयोग र उपयोग विविध हुन्छ । दुलही हुँदा मेहन्दीको प्रयोग अनिवार्यजस्तै बनेको छ, आजकाल । दुलहीको हातमा मेहन्दी जति गाढा बस्यो, उनले श्रीमानबाट त्यति नै बढी मायाँ पाउँछिन् भन्ने कथनले गर्दा पनि यसको प्रयो बढ्दो रहेको जानीफकारहरु बताउँछन ।