सोमवार, जेष्ठ ७, २०८१

नयाँ संविधानमा दलितका मुद्दाले प्राथमिकता पाउँनु पर्छ : मन्त्री डा रिजाल

काठमाडौ चैत्र २३,  सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले गायक विन खातिको ‘मेरो घरको आँगन’ एल्बमको आज राजधानीमा विमोचन गर्दै नयाँ संविधानमा imagesदलितका मुद्दाले प्राथमिकता पाउँनु पर्नेमा विशेष जोड दिनुभएको छ ।
त्यस्तै उहाँले छुवाछूत प्रथालाई बाहिर ल्याउन खातीले गरेको कामको प्रसंशा गर्दै त्यसअवसरमा सरकारी सञ्चार माध्यामलाई छुवाछूतविरुद्धका आवाजलाई प्राथमिकता दिन निर्देशन समेत दिनुभएको प्राप्त माचारमा उल्लेख गरिएको छ।

कार्यक्रममा काँग्रेस सभासद् रामचन्द्र पोखरेल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल ,राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष विजुल विश्वकर्मा रगाउक खाती लगायतका वक्तहरुले बोल्नुभएको थियो ।