सोमवार, जेष्ठ १४, २०८१

पत्रकारको सुरक्षामा गम्भीर हुन उपप्रधान तथा गृहमन्त्री गौतमको ध्याना्कर्षण

काठमाडौ चैत्र २०,  नेपाल पत्रकार महासङ्घले पछिल्लो समयमा पत्रकारमाथि क्रमबद्धरुपमा आक्रमण भएको भन्दै सरकारर्को गम्भीर ध्यानन्कर्षण गराएको छ । महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टको नेतृत्वमा गएको टोलीले आज गृहमन्त्री वामदेव गौतमसमक्ष ज्ञापनपत्र प्रस्तुत गरी संविधानमा प्रेस FNJ_logo2स्वतन्त्रताको प्रत्याभूति भएपनि पत्रकारको हत्या, कुटपिट हुँदा अपराधीलाई कारबाही नहुँदा दण्डहिनता बढ्दै गएको र प्रेस स्वतन्त्रता नै धरापमा पर्ने अवस्था आएको उल्लेख गर्दै पत्रकारको सुरक्षामा गम्भीर हुन ध्याना्कर्षण सहितको आग्रह गरेको हो ।

त्यस्तै ज्ञापनपत्र बुझाउदै महासङ्घका अध्यक्ष डा विष्टले उदयपुरका पत्रकार भट्टराईको सुनियोजितरुपमा हत्या भएको हुनसक्ने आशङ्का गर्दै पछिल्लो समयमा पत्रकारलाई अनावश्यक मुद्दा लगाउने, कुटपिट गर्ने र आतङ्कित गर्नेजस्ता कार्य बढ्दो रहेको बताउनुभएको थियो ।

त्यस्तै महासङघको ज्ञापनपत्र बुझ्दै उपप्रधन तथा गृहमन्त्री गौतमले पत्रकार रामप्रसाद भट्टराई (सचिन)को इटहरीमा भएको शङ्कास्पद मृत्युका विषयमा गृह प्रशासनले विशेष ध्यान दिने प्रतिवद्धता सहित पीडित पक्षलाई सरकारले राहत उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको जनाउँ दिनुभएको थियो ।

 यसैबीच वरिष्ठ पत्रकार गोपालथ पलियाको स्वास्थ्य स्थिति दिनदिनै नाजुकबन्दै गएकाले सरकारबाट छिटो उपचारको व्यवस्था गर्न अध्यक्ष विष्टले आग्रह गर्नुभयो । जवाफमा गृहमन्त्री गौतमले तत्कालै उपचारका लागि अघिल्लो मन्त्रिपरिषद् बैठकले ५ लाख रुपैया दिने निर्णय गरी अहिले स्वास्थ्य मन्त्रालय पुगेको जानकारीदिनुभएको महासङघका महासचिव उजिरमगरद्दारा जारी प्रेस विज्ञप्त्मिा उल्लेख गरिएको छ।