सोमवार, जेष्ठ ७, २०८१

पुलिस क्लबस्थित पौडी पोखरी आजदेखि सञ्चालनमा

काठमाडौ फागुन ३०,  राजधानीको भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबले गर्मीयाम सुरु भएलगत्तै नेपाल पुलिस क्लब परिसरमा रहेको पौडी पोखरी आजबाट  सञ्चालनमा ल्याएको छ ।  क्लवले आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै काठमाडौँ उपत्यकामा बढ्दै गएको गर्मी छल्न पौडी पोखरी सञ्चालनमा ल्याइएको जानकारी दिईएको छ ।

पौडी खेल्न आउने सर्वसाधारणले दिनभरिका लागि रु तीन सय रुपैया शुल्क ताकिएको जानकारी दिदै कल्वले प्रहरी कर्मचारी, निवृत्त प्रहरी र तिनका परिवारलाई ७५ प्रतिशत सहुलियत र सरकारी कर्मचारीका लागि २५ र अपाङ्गता भएकाका लागि ३३ प्रतिशत सहुलियत दिइएने जानकारी दिईएको छ ।